(Wednesday 28th of October 2026)
`

खजुराको कृषि बजेट किसानमुखि, २ करोड ६० लाख ८२ हजार बजेट विनियोजन

  • सगरमाथा गन्तब्य
  • 11.9K
    SHARES

    खगेन्द्र दाहाल, खजुरा : बाँकेको खजुरा गाउँपालिकाले कृषि विकासलाई प्राथमिकता दिएको छ । हालै सम्पन्न ११ औं गाउँ सभामा स्विकृत निति तथा कार्यक्रमका आधारमा आर्थिक वर्ष २०७९÷८० का लागि पेस भएको बजेटले कृषि विकासलाई महत्व दिएको हो । खजुराको विकासको मुल आधार कृषिलाई मानिएको छ । अधिकाश किसानहरु कृषिमै आश्रीत छन । खजुराले कृषि तथा पशुपन्छि विकासका लागि भनेर २ करोड ६० लाख ८२ हजार बढि बजेट विनियोजन गरिसकेको छ ।
    जसमा कृषि तर्फ १ करोड ८८ लाख ३७ हजार छुट्टाइएको छ भने पशुपन्छि विकास तर्फ ७२ लाख ४५ हजार बजेट विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले जानकारी दिनुभयो । खजुरा गाउँपालिकाले कृषि तर्फ १ वडा १ नमनुा फर्म, कृवि यान्त्रीकरण मर्मत स्थापना (प्रोत्साहन), मागमा आधिररत ५० प्रतिशत कृषि अनदुान कायक्रम (यान्त्रिकरण, साना उपकरण, टनेल निर्माण ), बैकल्पिक मल व्यवस्थापन (ढौचा विउ वितरण, कम्पोस्ट मल, गोबर मल), कृषक संग अध्यक्ष कार्यक्रम, कृषि भ्रमण, उत्पाददत तरकारीको बजारिकरण, (संकलन केन्द्र स्थापना), कृषि उत्पादन खरिद, कृषि एम्बलुेन्त्स खरिद तथा कर्मचारी, हाट बजार निर्माण, १ घर १ करेसाबारी, पुष्प खेति कृषकहरुलाई अनुदान कार्यक्रम, युवा कृषकहरुलाई प्रवर्धन कार्यक्रम, युवा विद्यार्थिहरुलाई कृषक प्रोत्साहन तथा प्रवर्धन कार्यक्रम(पढ्दै÷कमाउदै), करार खेति प्रवर्धन कार्यक्रम, उत्कृष्ठ कृषकलाई पुरस्कार (बढी अन्न उत्पादन प्रतियोगिता), बालि विशेष अभिलेख राख्ने, उत्पादनमा आधारित कृषि अनुदान कार्यक्रम, पकेट विकास कार्यक्रम, ल्याव संचालन तथा व्यस्थापनका लागि रियाजेन्ट, फर्निचर, ईन्भटर, नविनतम कृषि प्रविधि सम्बन्धि २ दिने तालिम (१६–२० पटक), ६० प्रतिशत अनुदानमा विउ कार्यक्रम (तरकारी तथा च्याउ ), आकास्मिक बालि संरक्षण सेवा, कृषि सुचना, सन्देश, प्रकाशन तथा संचार, धान दिवस, भ्रमण (पालिका बाहिर कार्यक्रमको लागि जादा), सवारी साधन मर्मत, इन्धन, प्राविधिकहरुलाई ल्याव सम्बन्धि ३ दिने तालिम, कार्यालय परिसर भित्र नमुना प्रर्दशन स्थल व्यवस्थापन, ओजेटी परिचालन लगायतका कार्यक्रम रहेका छन् ।
    त्यस्तै पशुपन्छि विकास तर्फ डिस्पेन्सरी संचालन औषधी खरिद, बाँझोपन नियन्त्रण संचालन पशु स्वास्थ्य शिविर, खोप व्यवस्थापन तथा परजिवि नियन्त्रण शिविर, एक वडा एक प्राविधिक डिस्पेन्सरी औषधी खरिद, हिउदे घाँस विउ वितरण, बर्षे घाँस विउ वितरण, भकारो सुधार कार्यक्रम, कुखुरा विकास कार्यक्रम, कृत्रिम गर्भाधान कर्ता १ जना, सुत्केरी भत्ता गाई भैंसी र पशुविमा, साईलेज उत्पादन तालिम, व्यवसायिक बंगुर पालन तालिम, व्यवसायिक गाई भैंसी पालन तालिम, व्यवसायिक कुखुरा पालन तालिम, व्यवसायिक बाख्रा पालन तालिम, सहायक स्तर कृत्रिम गर्भाधान तालिम, कृत्रिम गर्भाधान कार्यक्रम, एक वडा एक पकेट कार्यक्रम, मासु पसल सुधार तथा अभिमुखिकरण कार्यक्रम लगाएतलाई बजेट विनियोजन गरिएको छ ।
    खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले खजुरा कृषिको क्षेत्र रहेकाले यसको विकास गर्न हामिले पहिलो प्राथमिकताका रुपमा लिएको बताउनुभयो । अध्यक्ष विकले खजुराको किसानलाई व्यवसायिक बनाउन र आर्थिक समृद्धि हासिल गर्न कृषिका कार्यक्रमलाई अघि सारिएको उल्लेख गर्नुभयो । खजुरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसीले बजेट किसानमुखि भएको र यो अवस्थामा हरेक किसानले फाइदा लिन सक्रियता पुर्वक कृषि कर्म गर्न आवश्यक रहेको बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology