(Wednesday 28th of October 2026)
`

खेतवारीको अनुगमनमा उपमेयर मनिषा

  • सगरमाथा गन्तब्य
  • 10.3K
    SHARES

    नेपालगन्ज  : असार महिना भरी किसानका लागि अमुल्य समय मानिन्छ । अरु दिन झै असारमा किसानलाई भने खेतवारीकै चिन्ता लागिरहन्छ । विहान देखि साँझासम्म खेतवारीमा सपरिवार बिताउने किसान असार महिनामा धान रोपाईमै दिन बिताउने गरेका हुन्छन् । बर्षभरीको खाना जोहो गर्ने महिनाको रुपमा असार महिना मानिन्छ । धान रोपाई राम्ररी गरे राम्रै धान फल्ने किसानहरु बताउँछन् ।
    समयमै पानी र मल पाए धान राम्रै उत्पादन हुने गरेको राप्तीसोनारी ५ का अग्नु थारुले भन्नुभयो । बर्षभरीलाई खाना जोहो गर्ने महिना असारमा किसानले कसरी धान रोप्दैछन भन्ने बारे राप्ती सोनारी गाउँपालिकाका उपमेयर मनिषा सिंह थारु सहितको टिमले अनुगमन गरेका छन् । किसानलाई समयमै पानी र मलको अभाव हुन नदिन उपमेयर थारु किसानको खेतवारीमै पुगी अनुगमन गर्नुभएको छ । अनुगमनमा कृषकलाई धान खेतीमा चाहिने औजार लगायत आधुनिक प्रणालीका बारेमा समेत कृषकलाई सचेतना गराउने जानकारी गराउनुभएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology