(Wednesday 28th of October 2026)
`

नेपालगन्जमा २० हजारबढी बालबालिकालाई कोभिड बिरुद्धको खोप दिइने

  • सगरमाथा गन्तब्य
  • 6.1K
    SHARES

    नेपालगन्ज : बाँकेमा ५ वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको फाइजर–बायोएनटेक खोप दिइने भएको छ । बाँकेमा यही असार ९ गतेदेखि ५ वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको फाइजर–बायोएनटेक खोप दिइने भएको हो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार ७६ हजारबढी बालबालिकालाई कोभिडविरुद्धको फाइजर–बायोएनटेक खोप दिन लागिएको छ ।
    असार ९, १० र ११ गतेसम्म चल्ने खोप अभियानमा ७६ हजार २ सय ३९ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको स्वास्थ्य कार्यालयका खोप फोकलपर्सन नरेश श्रेष्ठले जानकारी गराउनुभएको छ । सबैभन्दा धेरै नेपालगन्ज उपमहानगरपालिकामा २० हजार २ सय ३१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य छ भने सबैभन्दा कम नरैनापुर गाउँपालिकामा ६ हजार ३ सय ३२ जनालाई खोप लगाउने लक्ष्य रहेको छ ।
    यस्तै बैजनाथ गाउँपालिकामा ८ हजार ३ सय ४५, डुडुवा गाउँपालिकामा ६ हजार ९सय ८८, जानकी गाउँपालिकामा ६ हजार ३ सय ७२ जनालाई खोप लगाउने लक्ष्य रहेको छ । यस्तै कोहलपुर नगरपालिकामा १० हजार २ सय ३१, खजुरा गाउँपालिकामा ८ हजार २ सय २४ र राप्तीसोनारी गाउँपालिकामा ९ हजार २ सय ५७ जनालाई खोप लगाउने लक्ष्य लिइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
    स्वास्थ्य पत्रकार मंचले आयोजना गरेको कार्यक्रममा खोप अभियानबारे जानकारी दिँदै फोकलपर्सन श्रेष्ठले अधिकांश खोप केन्द्र विद्यालयमा तोकिएको बताउनुभयो । यसअघि बाँकेमा १२ वर्ष उमेर समूहभन्दा माथिका व्यक्तिलाई खोप लगाउने अभियान चलिरहेको थियो । खोप लगाउने लक्षित समूह ४ लाख १ हजार ७ सय ९९ जनामध्ये अहिलेसम्म खोपको पहिलो मात्रा पूरा गर्नेको संख्या ८४.४ प्रतिशत रहेको छ भने दोस्रो मात्रा पूरा गर्नेको संख्या ७१.६ प्रतिशत रहेको छ । यस्तै बुष्टरको मात्रा लगाउनेको संख्या भने १८.२२ प्रतिशत मात्रै रहेको फोकलपर्सन श्रेष्ठले जानकारी दिनुभएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology