नेपालगन्ज : जुम्ला गुठीचौर गाउँपालिका वडा नं ५ स्थित ज्युलामा आफ्नो धान रोपेको खेतमा कुलोबाट पानी हाल्न गएको बेलामा साँझ अन्दाजी ५ बजेको समयमा एक्कासी एक्लै भएको मौका छोपी १६ वर्षिय बालिकालाई २ जनाले जवरजस्ती करणी गरि फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । १७/१८ वर्षीय पारस देवकोटा र विवेक गिरीले १६ बर्षिय बालिकालाई जवरजस्ती करणी गरेका हुन् ।
उनिहरु धम्की र बल प्रयोग गरी भुइँमा लडाई पालैपालो जबरजस्ती करणी गरी भागेको भन्ने खबर बालिकाको आमाबाट प्राप्त हुनासाथ जिल्ला प्रहरी जुम्ला मातहत प्रहरी चौकी झारज्वालाबाट प्रहरी टोली परिचालन भई आरोपितहरुको तिब्र खोजी कार्यका लागि खटाइएको साथै पीडितको घर ठेगाना र सो घटनास्थलमा समेत तत्कालै जिल्ला प्रहरी कार्यालय जुम्लाबाट निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक धर्मराज जोशी सहितको विशेष थप टोली खटिई पीडित बालिकालाई उद्धार गरीएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार एव स्वास्थ्य परीक्षण पश्चात जवरजस्ती करणी मुद्दामा जाहेरी दर्ता गरी प्रारम्भिक अनुसन्धान सुरु गरिएकोमा निज फरार व्यक्तिको हुलिया, फोटो तालुक कार्यालय, छिमेकी जिल्ला एव मातहत सम्पूर्ण प्रहरी इकाईहरुमा समेत टिपाई जिल्लाको विभिन्न प्रस्थान विन्दुहरुमा राती÷दिउँसो कडाइका साथ चेकजाँच बढाइ खोजी कार्य भइरहेकोमा मुख्य आरोपित पारस देवकोटा पक्राउ पर्ने डरले दिउँसो जंगलतिर र राती छिमेकि गाउँमा लुकिछिपी बस्ने गरेको सूचना आएको प्रहरीले जनाएको छ ।
कडाईका साथ खोजतलास गरेपछि आरोपित देवकोटा सार्वजनिक सवारी साधन प्रयोग गरि बसपार्कबाट जिल्ला बाहिर भाग्न खोजेको भन्ने विशेष सूचनाको आधारमा गोप्य निगरानी गर्दै जाँदा निज पारस देवकोटालाई शुक्रवार ५ दिनपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले जुम्ला खलंगा बसपार्कबाट पक्राउ गर्न सफल भएको हो । जवरजस्ती करणी आरोपित देवकोटालाई थप अनुसन्धान भइरहेको साथै अर्का आरोपित विवेक गिरीको समेत तिव्र खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक धर्मराज जोशीले बताउनुभयो ।
