(Saturday 25th of July 2026)
`

भान्जीलाई जवरजस्ती करणी गर्न खोज्ने मामा पक्राउ

  • सगरमाथा गन्तब्य
  • 8.7K
    SHARES

    नेपालगन्ज : जुम्ला हिमा गाउँपालिका वडा नं ५ स्थित बुवा गाउँमा एक बालिकालाई जवरजस्ती करणी आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
    आमा बुवा जुगाडखोला माइती घरमा गएको मौका छोपी एक्लै भएको बालिकालाई एक मामा नाता पर्ने प्रकाश शाहीले जवरजस्ती करणी गर्ने प्रयास गरेको हुनाले प्रहरीले शाहीलाई पक्राउ गरेको हो ।
    पसलमा चाउचाउ किन्ने बहानामा आई हातपात गरी भुइँमा लडाई गोप्य अंगहरुमा बलपूर्वक समाई जबरजस्ती करणी गर्दा बालिका रोई कराई गर्दा अन्य मान्छे आउने डरले भागी गएको र निज बालिका रुँदै चिच्याउँदै आमालाई घटना बारे बताएपश्चात आमाले तत्काल प्रहरी चौकीमा लिखित निवेदन पेश गरी जिल्ला प्रहरी कार्यालयमा खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुवाबाट प्रहरी सहायक निरिक्षक कमल श्रेष्ठको कमाण्डमा टोली खटिई निज आरोपितलाई खोजी भइरहेको साथै जिप्रका जुम्लाबाट निमित्त कार्यालय प्रमुख प्रहरी निरिक्षक धर्मराज जोशी समेतको टोली घटनास्थलतर्फ खटिई खोजतलास गर्दा निज आरोपित प्रकाश शाहीलाई लुकिछिपी बसेको अवस्थामा ३ घन्टाभित्रै स्थानिय गाउँबाटै पक्राउ गरी जवरजस्ती करणी मुद्दामा जाहेरी दर्ता पश्चात जिल्ला अदालतबाट दिन ४ म्याद थप गरी विस्तृत अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology