नेपालगन्ज : बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ कृर्षी बजार नजिकै कोहलपुर कला केन्द्रमा धमाधम कक्षा संचालनमा आएको छ । कोहलपुरवासीको मनजित्न सफल भएको कोहलपुर कला केन्द्र अहिले कोहलपुरकै चर्चित कला केन्द्र बन्न सफल भएको छ । कला केन्द्रमा तालिम प्राप्त प्रशिक्षणद्धारा कला प्रशिक्षण गरिन्छ ।
कोहलपुर कला केन्द्रमा टेलिफिल्म, फिल्म, म्यूजिक भिडीयो, बिवाह भिडीयो, डकुमेन्ट्रीको लागी भिडीयोग्राफी, भिडीयो मिक्सीङ्ग लगायत निर्माण गरिन्छ । गायन, नृत्य ,अभिनय, मोडलिङ, उद्घोषण तथा सकारात्मक सोच सम्बन्धी प्रेरणादायी शिक्षा प्रदान गर्दै व्यवसायिक हिसावले मात्र नभएर स्वस्थ, सभ्य र सिर्जनशिल समाज निर्माणमा विशेष योगदान पु¥याउने उद्देश्यले कोहलपुर कला केन्द्रको स्थापना गरिएको हो । बालबालिका, महिला, पुरुष, युवाहरुको लागि नृत्य, उद्घोषण, अभिनय मोडलिङ तथा सबै उमेर समुदायको ब्यक्ति ब्यक्तित्वहरुका लागि सकारात्मक सोच, लोक संस्कार र संस्कृति सम्बन्धि बिधागत प्रशिक्षकहरुबाट दैनिक कक्षा संचालन गरि कोहलपुर कला केन्द्रले सेवा प्रदान गरिरहेको छ ।
उक्त कला केन्द्रले हिप पप डान्स, साल्सा डान्स, ब्रेक डान्स, कल्चरल डान्स, एरोबिक लगाएतका नृत्यहरु पशिक्षण गराउनका साथै स्टेज प्रोग्राम, म्यूजिक भिडियो र टेलिफिल्महरुमा अभिनयको अवसर पनि दिएर आफुभित्र लुकेको कलालाई बाहिर निकल्न मद्दत गर्दछ । कोहलपुर कला केन्द्रको संचालक सञ्जीत ओली र डान्स डाइरेक्टेर तथा इडिटर कुन्दन चन्द रहनु भएको छ ।
