(Wednesday 28th of October 2026)
`

माधव रिजालले गरे जमुनाह नाकामा कडाई

  • सगरमाथा गन्तब्य
  • 13.1K
    SHARES

    नेपालगन्ज : नेपाल–भारत सीमानाका जमुनाहको सुरक्षा ब्यवस्था कडा पारिएको छ । इलाका प्रहरी कार्यालय, जमुनाहका इन्चार्ज बरिष्ठ प्रहरी नायव निरीक्षक माधवप्रसाद रिजालले कमाण्ड सम्हाल्ने वित्तिकै नाकाको सुरक्षा ब्यवस्था कडा पारेका हुन् ।
    नेपालगन्ज भित्रिने भारतीय साना गाडीबाट अवैध हातहतियार भित्रिन सक्ने खतरालाई मध्यनजर गरि त्यस्ता गाडी माथि निगरानी बढाएको उनले बताए । आफू मातहतका प्रहरीलाई निगरानी गर्न निर्देशन दिएको बताउँदै उनले किनमेलका लागि भारत जाने र फर्किने नेपालीसँग सौहार्द ब्यवहार गर्न आदेश दिएको बताए । उनले घरायसी सामान किनमेलको नाममा तस्करी गर्ने प्रबृत्ती बढेको बताए ।
    उनले अवैध हातहतियारसँगै लागूऔषध ओसारपसार नियन्त्रण गर्न चेकजाँचमा समेत कडाई गरिएको बताए । लागूऔषध सेवन गर्न नेपालीहरु भारतीय सिमा बजार रुपइडिहा पुग्ने गरेको बताउँदै रिजालले सेवन गर्ने ब्यक्तिको पहिचान गर्न समेत मातहतका प्रहरीलाई निर्देशन दिएको बताए ।
    पछिल्लो समय जमुनाह नाकामा चेकजाँच कडा पारिएको प्रहरी सहायक निरीक्षक कुलबहादुर विकले बताए । उनले आउजाउ गर्ने ब्यक्तिसँग उसले ल्याएको सामानलाई नजिकबाट केलाएर हेर्ने गरिएको बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology