(Wednesday 28th of October 2026)
`

महिन्द्राको नयाँ शक्तिशाली एसपी प्लस ट्याक्टर नेपालगन्जमा पनि

  • सगरमाथा गन्तब्य
  • 13.1K
    SHARES

    नेपालगन्ज :  अग्नि ग्रुपले महिन्द्राको नयाँ शक्तिशाली, बलियो र कुशल ईन्धन भएको एसपी प्लस ट्याक्टर नेपालगन्जमा भित्राएको छ । नेपालका धेरै जनसंख्या कृर्षीमा आधारित रहने भएकाले अग्नि ग्रुपले नेपाली किसानहरुको माग बमोजिम महिन्द्राको नयाँ शक्तिशाली, बलियो र कुशल ईन्धन भएको एसपी प्लस ट्याक्टर नेपालगन्जमा भित्रयाएको हो ।

    नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अव्दुल वाहिद मन्सुरी चुन्नाले ट्याक्टरको उद्घाटन गर्नुभएको थियो । अग्नि ग्रुपले उन्नत ईएलएस डीआई एन्जिनद्धारा संचालित ३० एचपी देखी ५० एचपी सम्मका श्रेणीमा शक्तिशाली र कुशल ईन्धन ट्रयाक्टर एसपी प्लस श्रृखला नेपालगन्ज बजारमा उपलब्ध गराएको महिन्द्रा एण्ड महिन्द्र मार्केटिङ हेड प्रविन पिल्नेले बताउनुभयो ।
    ग्रुपले श्रृखलामा चार हर्सपावर प्वाइन्ट – २ सय ७५ डीआई एसपी प्लस (३९ एचपी), ४ सय १५ डीआई एसपी प्लस (४२ एचपी) ५ सय ७५ डीआई एसपी प्लस (४७ एचपी) र ५ सय ८५ डीआई एसपी प्लस (५० एचपीमा बिस्तारित मोडलहरु समाबेश गरि किसानहरुलाई सहज बनाउनको लागी महिन्द्रा नेपालगन्जमा भित्राएको छ ।

    उक्त ग्रुपले अग्नि ग्रुपले महिन्द्राको नयाँ शक्तिशाली, बलियो र कुशल ईन्धन भएको एसपी प्लस ट्रायाक्टरमा ६ बर्षे वारेन्टी अफर समेत दिएको छ । कार्यक्रमको संचालन अग्नि ग्रुपका कर्मचारी साक्षी योगीले गर्नुभएको थियो । एसपी प्लस ट्याक्टर आज नै दुई वटा विक्रि भएको महिन्द्रा एण्ड महिन्द्र कन्ट्री हेड निलन्जन मिश्रले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology