(Wednesday 28th of October 2026)
`

जानकीलाई शिक्षाको हब बनाउने छु : अध्यक्षका उम्मेद्वार हिमान्सु

  • सगरमाथा गन्तब्य
  • 13.9K
    SHARES

    नेपालगन्ज : बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको लागि नेकपा एमालेबाट जानकी गाउँपालिकाको अध्यक्षमा हिमान्सु यादव सिफारिस भए संगै जानकी गाउँपालिकामा उहाँको चर्चा सुरु भएको छ । अध्यक्षका उम्मेद्वार यादव जनप्रतिनिधि भएर आईसकेपछि मेरो पहिलो प्रथामिकता शिक्षा क्षेत्रमा रहने जानकारी गराउनुभएको छ । जानकी शिक्षामा पछि परेको समुदायका लागि निशुल्क शिक्षा लागु गर्ने उहाँले बताउनुभएको छ । जानकीलाई शिक्षामा जोड दिन तथा गुणस्तरिय शिक्षा प्रदान गर्न अति आवश्यक भएको हुनाले यसलाई प्रथामिकताका साथ लागु गर्ने उहाँले प्रतिवद्धता गर्नुभयो ।
    जानकी गाउँपालिकामा विभिन्न समुदायका मानिसको बसोबास छ । पिछडा बर्ग, अति विपन्न, दलित, गरिब समुदायको बसोबास रहेको जानकीमा बस्ती अनुसारको पेशा तथा स्वरोजगारको लागि पहल गर्ने यादवले जानकारी गराउनुभयो । जानकीलाई आर्थिक हबको रुपमा विकास गर्न जानकी मै उद्योग स्थापना तथा कृषकका लागि विभिन्न योजना ल्याई सेवा प्रवाह गर्ने यादवले जानकारी गराउनुभयो । कृषकहरुको बजारीकरणका लागि उचित मुल्यका साथ पहल गर्ने उहाँले बताउनुभयो ।
    म जितेर आएको खण्डमा पनि जनताकै सेवा गर्ने हो र जताको इच्छा र चाहना अनुसार नै पालिकाको बिकास कार्यमा काम गर्ने हो त्यसैले पनि जनताको समस्या के छन् बुझ्दै टोलटोलमा पुग्दै छु, एमालेका उम्मेदवार यादवले बताउनुभयो ।
    नेकपा एमालेको बिरासत जोगाउन पार्टीले जानकी गाउँपालिकाको टिकट युवा नेता हिमान्सु यादवलाई दिने निर्णय गरेको छ । सो निर्णयसंगै जानकीको टोलटोलमा पुग्दै स्थानीय संग भलाकुसारी गर्दै आएका यादवले स्थानीयको अथाह माया र साथ पाएको उहाँले बताउनुभयो । यस अगाडि पनि यादवको बुवा स्वर्गीय राम निवास यादवलाई पालिकाबासीले जिताएर पालिका अध्यक्ष बनाएका थिए ।
    स्वर्गीय यादवले पालिकाबासीको हरेक दुख सुखमा सधै साथ दिदै आएको स्मरण गर्दै स्थानीयले हामीलाई स्वर्गीय यादवको अभाव महसुस हुन हिमान्सुले नदिएको बताउनुभएको छ । मेरो बाजेकोपालादेखि नै राजनीतिमा आस्था राख्दै आएका मेरो बुवाले पनि राजनीतिमा राम्रै छवि बनाउन सफल हुनुभएको थियो । बुवाकै साख जोगाउन म पनि आएको छु उहाँले भन्नुभयो जनता कै माग र चाहना बमोजिम अध्यक्षमा उम्मेद्वारी दिएको उहाँले जानकारी गराउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology