नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ मा नेकपा एमालेको प्रचार प्रसार तिब्र पारिएको छ । यही आउने ३० गते स्थानिय तहको निर्वाचनका लागि चुनावी अभियानलाई तिव्रता दिदै नेपालगन्ज १८ मा एमालेले प्रचारप्रसारलाई तिब्रता दिएको हो ।
नेपालगन्ज १८ को दिपनगरमा बिहीवार वडावासीले नाचगान सहित एमालेको चुनावी प्रचार प्रसारमा उर्र्लिएका छन् । हरेक दिन वडाका टोल टोलमा नाचगान सहित प्रचार प्रसारलाई तिव्रता दिएका वडावासीले एमाले जिताउ अभियानमा जुटेका छन् ।
एमाले मैत्री गित गुञ्जाउँदै नाच्दै रमाउँदै वडावासीले एमालेको चुनावी प्रचारप्रसारलाई तिब्र दिदै आएका छन् । हरेक दिन हरेक टोलमा चुनावी अभियानलाई नाचगान सहित तिव्रता दिदै आएको हो एक जनाले भन्नुभयो । यही ३० गते हुने स्थानिय तहको चुनाबमा नेकपा एमाले जिताउन स्वस्फुर्त रुपमा वडावासी टोल टोलमा पुग्दै आएका छन् ।

वडावासीको साथ सहयोगले गत स्थानिय तहमा चुनाव जितेको एमालेले पुनः एमाले आए वडा नं. १८ लाई नुमना नेपालगन्ज वडा बनाउने अभियान रहेको वडा नं. १८ वासीको रहेको छ । नेपालगन्ज वडा नं. १८ मा अध्यक्षको उम्मेद्वारमा पुनः दिपक बर्मा रहनुभएको छ । वर्माले गरेको ५ बर्षमा विकास कार्यलाई निरन्तरता दिन वडावासीले स्वस्फुर्त रुपमा प्रचारप्रसारमा लागेका छन् । वडा सदस्यमा दिग्विजय ढुङ्गाना, आशा शाही, बलराम रैदास, कृष्णवति चमार रहनुभएको छ । बर्माको नेतृत्वमा रहेको टिमलाई जिताउन वडावासीहरु उर्लेर प्रचारप्रसारमा जुटेका छन् ।


