(Wednesday 28th of October 2026)
`

बिश्व पानी दिवशको अवसरमा तेलियनपुरुवामा र्याली

  • सगरमाथा गन्तब्य
  • 20.4K
    SHARES

    आशा परियार – नेपालगन्ज : गेरुवा ग्रामीण जागरण संघले बिश्व पानी दिवशको अवसरमा अभिमुखीकरण तथा ¥याली कार्यक्रम गरेको छ । एसएनभी नेपाल, नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक तथा प्राबिधिक सहयोगमा र गेरुवा ग्रामीण जागरण संघको आयोजनामा स्वास्थ्य र बिकासका लागी नगर सरसफाइ तथा स्वच्छता परियोजना अन्तरगत मंगलवार अभिमुखीकरण तथा ¥याली कार्यक्रम गरेको हो ।
    नेपालगन्ज उपमहानगरपालिका वडा नं २१ तेलियनपुरुवामा आफ्नो टोल आफै बनाउ पानीका थोपा थोपा बचाउ, पानी छ अमुल्य पानी बचाउन युवाको सहयोग हुन्छ बहुमुल्य, माया बिना हजारौ बाच्न सक्छन तर पानी बिना कोही पनि बाच्न सक्दैन, पानी नै जीवन हो यसलाइ खेर नफालौ, जल प्रदूषर्ण स्वास्थ्यको लागी हानिकारक छ, भन्ने प्लेकार्ड सहितको ¥याली निकालेको गेरुवा ग्रामीण जागरण संघको सहजकर्ता गंगा बिसीले जानकारी गराउनुभएको छ ।
    गेरुवा ग्रामीण जागरण संघका सुपरभाइजर हिरेन्द्र शाही र ग्रामीण जागरण संघको सहजकर्ता शोभाराम बर्माको समेत कार्यक्रममा सहभागीता रहेको सहजकर्ता बिसीले जानकारी गराउनुभयो । यसै बिच विश्व पानी दिवस नेपालगन्जमा एक कार्यक्रम गरी मनाइएको छ । संघीय खानेपानी तथा ढल ब्यबस्थापन कार्यालय नेपालगन्ज, क्षेत्रीय आयोजना ब्यबस्थापन कार्यालय नेपालगन्ज र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेको संयुक्त आयोजनामा मंगलवार एक कार्यक्रम गरी विश्व पानी दिबस मनाइएको हो ।
    जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीको प्रमुख आतिथ्यता एवं कोष तथा लेखा नियन्त्रण कार्यालय बाँकेका प्रमुख षडानन्द अधिकारीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा इन्जिनियर रमेश थापा, केमिस्ट रबिकिरण आचार्य लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा डिभिजन प्रमुख तिलक न्यौपानेले बाँके र बर्दियामा सञ्चालन भएका खानेपानी योजना तथा प्रगतिबारे प्रकाश पार्नुभयो । कार्यक्रम संघीय आयोजनाका प्रमुख मनिष कुमार राजको अध्यक्षतामा सम्पन्न भएको असिस्टेन्ट केमिस्ट गोपाल रेग्मीले जानकारी गराउनुभएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology