नेपालगन्ज – ए हो सोल्टिनी छेउमै बसन, मुसुक्कै हासन माया गासन… बोलको म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको छ । नेपाली भाषामा आधारित सोल्टिनी म्युजिक भिडीयोको छायाङकन सम्पन्न भई इडिटिङको कार्य धमाधम भैरहेको सुटिङ युनिटले जनाएको छ । सोल्टिनी बोलको गितमा स्वर बल्लु तामाङको रहेको छ भने एरेन्जमा सुनिल सागरले साथ दिनुभएको छ । म्युजिक भिडियोको मुख्य भुमिकामा कलाकार सरोज बाबु पङ्गेनी र पवित्र परियारको रहेको छ ।
सोल्टिनी म्युजिक भिडीयोको डाइरेक्टर एवं इडिटर कुन्दन चन्दको रहेको छ भने म्युजिक भिडियोको प्रोडक्सर इश्वर रिजालले गर्नुभएको छ । भिडियोको छायाङकन बाँकेका रमणिय स्थानमा गरिएको सुटिङ युनिटले जनाएको छ । भिडियोमा कलाकार र छायाङन रमणिय स्थानमा भएको हुनाले म्युजिक भिडियोले तहल्का मचाउने कलाकार कुन्दन चन्दले बताउनुभयो । केही दिनमै सार्बजनिक हुने सोल्टिनी म्युजिक भिडियो एसके भिडियाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक हुने कलाकार तथा डाइरेक्टर चन्दले बताउनुभयो ।

