(Wednesday 28th of October 2026)
`

आगामाी बैशाख ९ गतेदेखि एसईई परिक्षा

  • सगरमाथा गन्तब्य
  • 6.6K
    SHARES

    सगरमाथा समाचारमाता
    नेपालगन्ज ः आर्थिक बर्ष २०७७÷०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने भएको छ । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने बुधबार बसेको परीक्षा बोर्डको बैठकबाट यस्तो निर्णय गरेको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभएको छ ।
    कोरोनाको महामारीले पठनपाठन प्रभावित भएको बोर्डले जनाएको छ । नियमित समयभन्दा एक महिना ढिलो हुने गरी परीक्षा संचालन गर्न लागेका बोर्डले जानकारी गराएको छ ।
    बैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई समेत लक्षित गरेर वैशाख ९ गतेदेखि परीक्षा संचालन गर्न लागेको शर्माले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology