(Saturday 25th of July 2026)
`

नेपालगन्ज बसपार्कमा दैनिक लुटपाट, व्यवस्थापन पक्षको चरमलापरवाही

  • सगरमाथा गन्तब्य
  • 22.6K
    SHARES

    आशा परियार : नेपालगन्ज – बसपार्क यस्तो ठाउँ हो जहाँ हरेक मानिसले आफ्नो गन्तव्य तय गर्ने थलोको रुपमा लिने गरेका हुन्छन् र सोही अनुसार उनिहरु आफ्नो गन्तव्य तय गर्ने गर्दछन् । लामो दुरीको यात्रा होस चाहे छोटो दुरीको यात्रा तय गर्न जोकोही पनि बसपार्क पुग्ने गर्दछन् । बसपार्क यस्तो सम्बेदनशिल स्थान मानिन्छ जहाँ हरेकको शान्ति सुरक्षा र सुरक्षित गन्तव्य यात्राको तय गर्ने स्थान हो बसपार्क तर सोही ठाउँमा दैनिक लुटपाट हुनु, चोरी डकैटी हुनु कतिको जायज हो सोचनिय विषय बन्न पुगेको छ नेपालगन्ज बसपार्क ।
    नेपालगन्ज बसपार्कमा ब्यवस्थापन समितीको बढ्दो हेलचक्राईका कारण दैनिक चोरीका घटना सुन्नमा आउने गरिन्छ । नेपालगन्ज बसपार्कमा ब्यवस्थापन समितीको बढ्दो हेलचक्राईका कारण दिनाहु चोरी भईरहेको स्थानिय बुद्धिराज सुबेदीको भनाई छ । केही समितीका पदाधिकारीहरुको ब्यक्तिगत स्वार्थ र हेलच्रक्राईका कारण आम यात्रुहरुले सास्ती खेप्न बाध्य भएका छन् उहाँले भन्नुभयो । यात्रा गर्र्दा यात्रुहरु बस समितिबाट होस या बसपार्कबाट असहज महसुस भैरहेको यात्रुहरु बताउँछन् । कहिले भाडाको विषय होस त कहिले गन्तव्य स्थानसम्म नपु¥याउँदा यात्रुसंग भनाभनको विषय नै किन नहोस् । समितिसंगको गुनासो कयौ यात्रुहरुको यही भनाई आउने गरेको स्थानिय लोकराज अधिकारीले भन्नुभयो ।
    नेपालगन्ज उपमहानगरपालिका जस्तो व्यवस्थित र अत्याधुनिक बसपार्क जहाँ सिसि टिभी क्यामरा, शान्ति सुरक्षा, निजी सुरक्षा गार्ड र व्यवस्थापन पक्षको निगरानी भैरहने स्थान नेपालगन्ज बसपार्क हो तर बसपार्क ब्यवस्थापन समितीहरुको लापरबाहीका कारण यात्रुहरु दिननुदिन दुख खेप्न बाध्य भएको बर्दिया गेरुवा गाउपालिका ५ ईन्द्रलक्ष्यडाँडाका नारायण शर्माले भन्नुभयो । लामो दुरीको गन्तव्य बोकी नेपालगन्ज बसपार्क छिरेका शर्मा गन्तव्य विहिन हुन पुगे । उनि बसपार्कमै लुटिए । नेपालगन्ज देखि काठमाण्डाँै जाने क्रममा बसपार्क भित्रै १७ गते चोरीको सिकार भए । काठमाण्डौँका लागी टिकट लिन गएका शर्माको बसपार्क भित्रै मोबाईल र ब्याग चोरी भयो । एक जना ब्यक्तिले फोन गर्छु भनेर मोबाईल नै लिएर भागे । केही समय पछि उनको ब्याग टिकट काउन्टर अगाडीबाट चोरी भयो । साथमा केही बचेन गन्तव्यसम्म कसरी पुगौ त्यो पछिको कुरा हो भन्दै उनि सोच्दै आफ्नो गन्तव्य स्थगित गरे र न्यायका लागि पहल कदमी चाल्न थाले । शर्माले सुरुमा प्रहरी प्रशासनलाई गुहार्न पुगे । काठमाण्डौ पुग्नु पर्ने शर्मा चोरीको सिकार भई बसपार्कमै भोकै रात काट्नु परेको दुखेसो सुनाए । चोरी भएको तिन दिन बितिसक्दा पनि बसपार्क ब्यवस्थापन समितीले व्यवास्ता गरिरहेको शर्माले दुखेसो पोखे ।
    सिम्लाबाट यात्रा गर्ने क्रममा धेरै बस फेरीयो कहीकतै केही भएन । आफ्नै नेपालमा पुगे र सानले नेपाल आफनै मरुभुमि भएको थाने । बसपार्कमा आफ्नै नेपालीले नेपालीलाई लुट्ेने देखेर खिन्न महसुस भयो उनले भने । बसपार्कमा कार्यरत धेरै ब्यवस्थापन समितीहरु रहेका छन् मैले सबै समितीलाई चोरीको जानकारी गराए तर पनि मेरो समस्या कसैलाई चासो भएन । मलाई कहिले इलाका पठाइयो त कहिले बसपार्कका काउन्टर धाउन लगाइयो ।


    बसपार्क भित्र चारैतिर सिसिटीभि लगाइएको छ । बसपार्क ब्यवस्थापन समितीका कर्मचारीलाई सिसिटीभि फुटेज देखाउन भन्दा कहिले मुसाले तार काटेको छ त कहिले सिसिटीभि फुटेजले काम नगरेको अनेक बाहाना बनाएको शर्माले जानकारी गराए । बसपार्कको २० मिटर अगाडी अस्थाई इलाका प्रहरी चौकी छ, बसपार्कको आफ्नै निजी गार्ड छन तर दैनिक चोरीका घटना हुने गरेको प्रति स्थानियवासी समेत आतङकित बन्न पुगेका छन् । कहिले बसको सिसा कहिले बसको व्याट्री दिनहु चोरी हुने गरेको छ एक जना बससमितिकै पदाधिकारीले भन्नुभयो । केहीदिन यता बसपार्कबाट १० वटा बसको ब्याट्री हराएका छन उहाँले भन्नुभयो ।
    चोरी भएमा प्रहरी प्रशासनमा उजुरी हाली प्रहरी प्रशासनबाट सिसिटीभी फुटेज देखाउन आदेश आए मात्र देखाउन मिल्ने बसपार्क ब्यबस्थापन समिती नेपालगन्जले जनाएको छ । शर्माको सामान चोरी भएकै दिन बसपार्कको सिसिटीभिको तार मुसाले काटेको हुँदा सिसिटीभीमा केही समस्या देखा परेको बसपार्क ब्यबस्थापन समितीका कर्मचारी बिनोद थापाले जानकारी गराउनुभयो । बसपार्कमा १० वटा सिसिटीभि क्यामेराहरु चालु अवस्थामा रहेका छन् थापाले भन्नुभयो क्यामराका सफ्टवयेर नयाँ जडान गरिएको हुनाले फुटेज सेभ नभएको उहाँले बताउनुभयो ।
    नेपालगन्ज बसपार्कमा दिनहु यात्रुहरुका सामान चोरी भइरहेकाले बसपार्कमा दैनिक दुई जना प्रहरी खटाएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी गराउनुभयो । बसपार्क भित्रैबाट मंगलवार १ वटा बसको ब्याट्री सहित ५ जना ब्यक्तिलाई प्रक्राउ गरी नियन्त्रणमा लिएको डिएसपी न्यौपानेले बताउनुभयो । बसपार्कबाट चोरी भएका ५ वटा बसका ब्याट्री जिल्ला प्रहरी कार्यालय बाँकेले बरामद गरिसकेको समेत उहाँले जानकारी गराउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology