(Saturday 25th of July 2026)
`

क्याम्पसमा कालो ब्यानर झुण्डाईयो

  • सगरमाथा गन्तब्य
  • 7.6K
    SHARES

    नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा कालो ब्यानर झुन्डाएको छ । “अनेरास्ववियु केन्द्रिय कार्यक्रम अनुसार स्थानीय निर्वाचन तुरुन्त गर, संविधान र लोकतन्त्र को रक्षा गर” भन्ने मुलनाराका साथ बाँकेको बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर र महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा सोमवार कालो ब्यानर झुन्डाईएको हो ।
    अनेरास्ववियु केन्द्रिय कमिटीको सर्कुलर बमोजिम पश्चिम नेपालकै ठूलो क्याम्पस अनेरास्ववियु महेन्द्र बहुमुखी क्यम्पस कमिटीको आयोजनामा क्याम्पसको गेटमा नालायक सरकार विरुद्धको कालो ब्यानर झुन्डईएको अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस कमिटीका बाँकेका केन्द्रिय सदस्य एवम सह ईन्चार्ज टोप राज जैशीले जानकारी गराउनु भएको छ ।
    स्थानीय तहको निर्वाचन यथाशीघ्र गराउन, संविधान र लोकतन्त्र को रक्षा गर्न नेकपा एमालेका सम्पूर्ण जनवर्गीय संगठनद्वारा सोमवार बाँके जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री समक्ष विज्ञप्ति बुझाइएको पनि जैशीले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology