(Saturday 25th of July 2026)
`

खजुराका सुन व्यवसायीलाई लुटपाट गरियो

  • सगरमाथा गन्तब्य
  • 8.9K
    SHARES

    नेपालगञ्ज, – खजुरा गाउँपालिका वडा नम्बर ४ डी गाउँका हरिबहादुर सुनार र उनका परिवारलाई बन्धक बनाएर डकैटी भएको छ । उनी सुन व्यवसायी हुन । हातहतियारसहित पुगेको डाँका समूहले सोमबार साढे एक बजे घरको पछाडिको जाली ढोका र भित्री ढोका फुटाएर घरमा प्रवेश गरेको थियो । पीडित सुनारका अनुसार डाँका समूहले पहिले उनका छोरा, छोराका साथीको हात खुट्टा बाँधेर कन्चतमा पेस्तोल ताकेका थिए । छोरालाई गोली हान्ने धम्की दिएपछि पीडित सुनारले आफू सुतेको ढोका खोलेका थिए । त्यसलगत्तै मलाई पनि हात खुट्टा बाँधेर लुटपाट गरे, उहाँले भन्नुभयो, दराज, पलंगको बक्स, फुटाएर ३ तोला सुन, ३ वटा मोबाईल, मोटर साईकल र नगद करिव ६० हजार लुटपाट गरेर बाहिरबाट ढोका लगाएर भागेको उहाँले बताउनुभयो ।
    बन्धक बनाइएका सुनारका परिवारले घटनाको केही समय पछि गुहार मागेपछि छिमेकीहरु त्यहाँ पुगेर बन्धकमुक्त गरेका थिए । त्यसपछि मात्रै प्रहरीलाई खबर गरिएको थियो ।
    जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसुदन शर्माले डाँका समूहको खोजिभइरहेको बताउनुभयो । उहाँले घटनामा संलग्न व्यक्तिहरुको पहिचान छिटै हुने दाबी गर्नुभयो । सोमबार खजुरामा गरिएको डकैटी शैलीमा केही महिना अघि बर्दियाको बढैयाताल गाउँपालिका सितला बजारको एक व्यवसायीको घरमा डाँका भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology