(Saturday 25th of July 2026)
`

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा गठबन्धनका उम्मेदवार विजयी

  • सगरमाथा गन्तब्य
  • 11.9K
    SHARES
    काठमाडौं । लुम्बिनी प्रदेशमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट काँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) राष्ट्रिय सभा सदस्यमा विजयी भएका हुन् । गठबन्धनका उम्मेदवारहरुले नेकपा एमालेबाट उम्मेदवार बनेका रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित गरेका छन् । बुधबार विहान ९ बजे दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा सम्पन्न भएको मतदानमा प्रदेशसभा सदस्यतर्फ ८१ र स्थानीय तहतर्फ २१३ प्रमुख र उपप्रमुखले मतदान गरेका थिए ।  न्युज २४ नेपालबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology