काठमाडौं । काठमाण्डौदेखि नेपालगन्ज आउदै गरेको बुद्ध एयर अवतरण गर्न नसक्दा ४० मिनेट होल्ड गरेको थियो । अवतरण गर्न नसक्दा जहाज भित्रै एक महिला यात्रु बेहोस भएकी छन् । बिहीबार बिहान काठमाडौंबाट नेपालगञ्ज उडेको उहाज गन्तब्यमा पुगेर पनि अवतरण गर्न सकेन । समयमै अवतरण हुन नसक्दा त्रासले ती यात्रु बेहोस भएकी हुन् ।
जहाज अवतरण हुन नसकेपछि करिब ४० मिनेट आकाशमै फन्को मार्नुपरेपछि जहाजमा सवार एक यात्रु बेहोस भएकी हुन् । करिब आधा घण्टा भन्दा बेसी आकाशमै रहेर नेपालगञ्ज विमानस्थलमा सफल अवतरण गरेपनि महिलाको होस भने समाचार बनाउदा सम्म खुलेको छैन ।
बेहोस हुने महिलाको पहिचान खुलाईएको छैन । हाल उनको नेपालगञ्जस्थित राँझमा उपचार भइरहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६९ जना यात्रु लिएर बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा उडेको बुद्ध एयरको को जहाज ९ बजेर १८ मिनेटमा सफल अवतरण भएको थियो । तर उक्त जहाल ८ बजेर ४० मिनेटमा अवतरण हुनुपर्ने थियो ।
