(Saturday 25th of July 2026)
`

ठाकुरबाबा नगरपालिका ३ मा बुधवार जनचेतना मुलक नाटक तथा बृहत सांस्कृतिक कार्यक्रम हुने

  • सगरमाथा गन्तब्य
  • 15.1K
    SHARES

    नेपालगन्ज : सामाजिक बिकृति तथा कुसंस्कार अन्त्य गरौं, सभ्य शान्त र समृद्ध समाजको निर्माण गरौं भन्ने मुल नाराका साथ बुधवार जनचेतना मुलक नाटक तथा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
    ठाकुरबाबा नगरपालिका वडा नं.३ को आयोजनामा बालविवाह, लागू औषध न्यूनीकरण र सामाजिक सञ्जाल तथा संचारको दुरुपयोग सम्बन्धि जनचेतना मुलक नाटक तथा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको हो ।
    सप्तरंगी मञ्च बर्दियाको प्रस्तुती रहने नाटकको कलाकारहरुमा सुनिता चौधरी, टेकेन्द्र शाही, सवि थापा, मिलन बि.क., बिना चौधरी, रेम्सु पौडेलको प्रस्तुती रहने छ भने नाटकको कथा लेखन तथा निर्देशक विष्ण थापा सरगमको रहेको छ । बुधवार ठाकुरबाबा ३ मा रहेको नेउलापुर शिव मन्दिरमा बिहान ९ बजे कार्यक्रम हुने तय गरिएको ठाकुरबाबा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष श्रीकृष्ण थारुले जानकारी गराउनुभयो । यस्तै बुधवार नै साढे १० बजे श्री हिमालय आधारभुत विद्यालय मिर्चैया र १ बजे दिउँसो श्री चुरे माध्यमिक विद्यालय बगनाहामा कार्यक्रम तय भएको अध्यक्ष थारुले बताउनुभयो । सप्तरंगी मञ्चले बर्दियाको विभिन्न स्थानमा नाटक प्रर्दशन गर्दै आएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology