नेपालगन्ज : वरिष्ठ साहित्यकार पृथ्वीबहादुर सिंहको ६९ औँ जन्मोत्सवको अवसरमा साहित्य गोष्ठी तथा सम्मान अर्पण कार्यक्रम गरिएको छ । वाङमय चौतारी नेपाल कर्णाली प्रदेश सुर्खेतको आयोजनामा बरिष्ठ साहित्यकार पृथ्वी बहादुर सिंहको ६९ औं जन्मउत्सवमा साहित्य गोष्ठी सम्पन्न गरिएको हो । पृथ्वीबहादुर सिंहको जन्मतिमी वि.सं. २००९ कार्तिक २९ भएको थियो ।
जन्म स्थान सिम्ता गाउँपालिका ४, पिल्क सुर्खेत रहेको सिंहको जन्मोत्सवमा प्रमुख अतिथि माननिय तिलक परियार रहनुभएको थियो । बिशेष अतिथिमा लीलाधर गौतम, महेन्द्र कुमार मल्ल, गणेश गौतम, रगवीर विश्वकर्मा विशिष्ट अतिथि पृर्व क्यामपस प्रमुख तथा मध्यपश्चिम विश्वविद्यालय मानविकी संकाय पुव डीन पिताम्वर ढकाल रहनुभएको थियो ।

यस्तै कार्यक्रममा विभिन्न विधाका साहित्यकारहरु सम्मानीत भएका छन जसमा साहित्यकारहरु लीलाधर गौतम, महेन्द्र कुमार मल्ल, गणेश गौतम, रगवीर विश्वकर्मा रहनुभएको छ । उपस्थित सष्टाहरुले कबिता, जगल, गित मुक्तm सुनाएर हललाई गुञ्जएमान बनाएका थिए ।
प्रमुख अतिथि समेत रहेका परियार यस क्षेत्रको साहित्य, कलालाई माथि उठाउन आफुले सक्दो सहयोग गर्ने बताउनुभयो । उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार पृथ्वीबहादुर सिंहको ६९ औँ जन्मोत्सवको शुभकामना दिनुभएको थियो । पुराना साहित्यकारहरुलाइ आफुले सम्मान गर्न पाउँदा आफु खुसी महसुस भएको उहाँले बताउनुभयो ।
