(Saturday 25th of July 2026)
`

सांग्रीला डेभलपमेन्ट बैंकको वार्षिकोत्सवमा स्कूल र क्याम्पसमा वित्तीय साक्षरता

  • सगरमाथा गन्तब्य
  • 15.5K
    SHARES

    नेपालगन्ज : सांग्रीला डेभलपमेन्ट बैंकले आफ्नो १७ औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । वार्षिकोत्सवका अवसरमा देशभरका शाखाहरुमार्फत विविध कार्यक्रमहरु गरिएको बैंकले जनाएको छ । बैकले आफ्ना विभिन्न शाखाहरुमार्फत मंगलबार विभिन्न स्कुल तथा क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रम सन्चालन गरेको छ । सो क्रममा नेपालगन्ज क्षेत्रअन्तर्गतका १६ ओटै शाखा कार्यालयबाटसो कार्यक्रम सम्पन्न गरिएको क्षेत्रीय प्रबन्धक जयन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।


    बैंकले बाकेस्थित होप ईन्टरनेशनल स्कुल, ड्रिमल्यान्ड स्कुल, आइडियल पब्लिक स्कुल, धुव्रतारा विद्यामन्दिर, नेपाल राष्ट्रिय मावि कोहलपुर लगायतका विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सन्चालन गरेको खड्काले बताउनुभयो ।
    वार्षिकोत्सवकै अवसरमा बैंकले सोमबार बर्दियाको राजापुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको थियो । स्वास्थ्य शिविरमा राजापुर क्षेत्रका दुई सय जनाले स्वास्थ्य जाँच गराएका थिए । औषधिसहित निःशुल्क स्वास्थ्य शिविरमा जनरल तथा गाइने सेवा प्रदान गरिएको थियो ।
    सांग्रीलाले राजापुर क्षेत्रमा चाँडै नै आफ्नो शाखा सञ्चालनमा ल्याउन लागेकोले सोही सन्दर्भमा निःशुल्क स्वास्थ्य शिविर गरिएको जनाइएको छ । हालसम्म सो क्षेत्रमा बैंक कर्मचारीमार्फत एक हजार जनाले खाता खोलेको साङ्ग्रीला डेभलपमेन्ट बैंकले जनाएको छ ।
    बैंकले बुधबार नेपालगन्जमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा सहभागी भई रक्तदान गरिदिन बैंकले अनुरोध गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology