(Saturday 25th of July 2026)
`

अध्ययन गर्न बालबालिकाहरूले दैनिकरुपमा सास्तीपुर्ण यात्रा गर्दै

  • सगरमाथा गन्तब्य
  • 14.1K
    SHARES

    बर्दिया । पछिल्लो समय सामाजिक सञ्जालमा भाईरल बनेको बर्दियामा विद्यालय जादै गरेका विद्यार्थीको तस्वीरले धेरैको ध्यान खिचेको छ ।
    बाँसगढी नगरपालिकाको थुम्नी र बारबर्दियाको खैरेनी जोड्ने ग्याङ नदीमा बालबालिकाले खोला तरेर विद्यालय जाँदै गरेको तस्वीर भाईरल भएपछि बर्दिया जिल्लाको बारबर्दिया नगरपलिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । उक्त तस्वीर भाइरल बनेपछि बांसगढी नगरपालिकाको थुम्नी गाउँ र बारबर्दिया नगरपालिकाको खैरेनी गाउँसंग जोड्न ग्याङ नदीमा यसै बर्ष झोलुङ्गे पुल निर्माणको कार्य प्रारम्भ गरिने प्रतिबद्धता बार बर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गाबहादुर थारूले व्यक्त गर्नुभएको छ ।
    बासगढी नगरपालिका १ सय ३३ जना विद्यार्थीहरू ज्यान जोखिममा राखेर खोला तरेर बारबर्दियाको वडा नं ९ मा रहेको अमर शहीद दशरथ चन्द माविमा अध्ययनका लागि आउने जाने गरेको तस्वीर सामाजिक सञ्जालमा भाईरल बनेको थियो ।
    सो तस्वीर भाइरल भएपछि नगर प्रमुख थारूले यसै साल झोलुगेपुल निर्माण गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उता बासगढि नगरपालिकाले भने यस बारेमा आफ्नो धारणा सार्वजनिक गरेको छैन ।

    शिक्षा र विकासको ठुलो नारा लगाउने बासगढी नगरपालिका यस्तो हृदय बिदारक तस्वीर भाईरल हुँदा समेत मुख नखोल्दा चौतर्फीरुपमा आलोचना समेत भइरहेको छ । यता, तस्वीर भाईरल भएको २४ घण्टा भित्र नै बार बर्दिया नगरपालिकाले भने यसै बर्ष झोलुगे पुल निर्माण प्रारम्भ गरिने जनाएको छ । बालबालिकाहरूले देनिकरुपमा सास्तीपुर्ण यात्रा गरेर अध्यन गरिरहेको जानकारी पाउना साथ बारबर्दिया नगरपालिकाका नगर प्रमुखले जति सक्दो चाडै पुल निर्माण गर्ने जानकारी गराएको अमर शहिद दशरथ चन्द माविका प्रध्यानाध्यापक छविलाल पोखरेलले बताउनु भयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology