(Wednesday 28th of October 2026)
`

लक्ष्मी मावि कोहलपुरको ठुलो लापरवाही, सम्पुर्ण विद्यार्थीले ट्रान्सकिप्ट नै पाएनन्

  • सगरमाथा गन्तब्य
  • 10.4K
    SHARES

    नेपालगन्ज : कोहलपुर नगरपालिका वडा नं. २ बर्दहवामा रहेको श्री लक्ष्मी माध्यमिक विद्यालयको लापरवाहीका कारण कक्षा ११ र कक्षा १२ का विद्यार्थी माथि खेलवाड गरिएको पाइएको छ । विद्यालयले नपढाउने विषय पनि पढाएपछि राष्ट्रिय परिक्षा बोर्डबाट निस्कने लब्धाङ्क पत्र ननिस्केपछि विद्यार्थीमाथि विद्यालयले खेलवाड गरेको बुझिन आएको हो । बर्षभरीको मेहनत खेर जाने भो भन्दै विद्यार्थीहरु अन्योलमा रहेका छन् । विद्यालयले कहिले पुनः परिक्षा गराउने कहिले जसरी पनि पास गराउने लगायतका विद्यार्थीलाई गुमराहमा राखेको छ ।
    विद्यालयले कक्षा ११ र १२ मा अनिवार्य अंग्रेजी विषय पढाएको छ । विद्यालयमा आईएससी सुरु भएपछि कक्षा ११ मा अंग्रेजी र कक्षा १२ मा नेपाली अनिवार्य पढाउनुपर्ने ठाउँमा अनिवार्य अंग्रेजी पढाएको कारण रिजल्ट आउँदा एसेप्ट नगरेको अभिभावकहरुको भनाई छ । विद्यालयले ठुलो लापरवाही गरेको छ एक जना अभिभावकले भन्नुभयो । विद्यार्थीहरुलाई कन्फ्युजनमा पारेर पढाउने र पछि विद्यार्थीहरुलाई प्रलोभनमा पार्ने गरिएको बुझिन आएको छ ।
    विद्यालयमा ३७ विद्यार्थी रहेका छन् जसमा २ जनाको लब्धाङक पत्र (ट्रान्सकिप्ट) निस्केको छ एक जना शिक्षकले भन्नुभयो । ३५ जना विद्यार्थीको ट्रान्सकिप्ट निस्केन उनिहरु अहिले अन्योलमा छन् । बर्षभरि मेहनत खेर जाने त होइन एक जना विद्यार्थीले नाम नभन्ने सर्तमा भन्नुभयो । विद्यालयले जिम्मा लिएको छ जसरी भएपनि परिक्षा दिलाउने आवश्वासन दिएको उहाँले भन्नुभयो । २ जना विद्यार्थीको निस्केको ट्रान्सकिप पनि नेपालमा काम नलाग्ने खालको निस्केको अभिभावकको भनाई छ । विदेशमा काम लाग्ने तर नेपालमा त्यो २ जनाको ट्रान्सकिप्ट काम नलाग्ने उहाँले बताउनुभयो । यो सब डुब्लीकेशन खेल हो उहाँले भन्नुभयो ।
    सर्वप्रथम त पहिलो गल्ती पाठ्यक्रम विकास केन्द्रको रहेको छ दोश्रोमा राष्ट्रिय परिक्षा बोर्ड र तेश्रोमा विद्यालयको धेरै कमजोरी देखिएको अभिभावक डम्मर डाँगीले बताउनुभयो ।
    यस्तै विद्यालयले भने राष्ट्रिय परिक्षा बोर्डले यदि फरक विषय पढाएको हो भने पहिले नै परिक्षाको लागि स्विकृत किन ग¥यो विद्यालयका प्रिन्सिपल धर्मराज रेग्मीले भन्नुभयो । परिक्षा भएर पनि मार्कसिट आयो तर परिक्षा बोर्डले भने नेपाली अनिवार्य पढाउनुपर्ने जानकारी गराएको उहाँले भन्नुभयो । अब विद्यार्थीहरुको भविश्यको लागि पनि विद्यालयले मौका परिक्षा दिलाउने कि ग्रेड बृद्धिमा परिक्षा दिलाउने भन्ने कुरा भैरहेको उहाँले जानकारी गराउनुभयो ।
    यस्तै राष्ट्रिय परिक्षा बोर्ड शाखा कार्यालय कोहलपुरका प्रमुख भगवान पौडेलका अनुसार विद्यालयको मिस कन्फ्युजनले समस्या बल्झिएको बताउनुभयो । विद्यार्थीको चाहना र उनिहरुको भविश्यलाई मध्यनजर गर्दै अब हुने परिक्षामा समावेश गराउने अनुरोध गर्ने पहल गर्ने उहाँले जानकारी गराउनुभयो । यस्तै शिक्षा विकास तथा सम्मन्वय ईकाई प्रमुख राम सुरेश यादवका अनुसार विद्यालयको कमजोरी देखिएको बताउनुभयो । फारम भर्ने बेला चनाखो देखाउनु पर्ने हो कसरी के गरे यस विषयमा अध्ययन गर्नुपर्ने बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology