(Thursday 29th of October 2026)
`

रोयलको फराकिलो जीत शनिवार धम्बोझी, मोडल, रेसिङ र भगवती भिड्दै

  • सगरमाथा गन्तब्य
  • 10.2K
    SHARES

    नेपालगन्ज : दुई बर्षपछि नेपालगन्जस्थित रंगशालामा बागेश्वरी नकआउट फुटवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो खेलमा आयोजक रोयल क्लवले सनलाइट यूवा क्लव हसनापुरलाई ७–१ को फराकिलो अन्तरले पराजित गरेको हो । पहिलो खेलमा सहनापुरका कृष्ण खड्काले खेलको छैठौँ मिनेटमै पहिलो गोल गरे पनि उक्त गोल नै सहनापुरका लागि अन्तिम गोल हुन पुग्यो । रोयलले ३२ औँ मिनेटमा बराबरी गोल गर्यो । रोयलका विशाल थापाले पहिलो गोल गरे । त्यस लगत्तै ४० औँ मिनेटमा रोयलका विशालले नै अर्को गोल थपे । रोयलका भुपेन्द्र ५९ र ७६ औँ मिनेटमा गोल गरि आफ्नो टीमलाई ४–१ गोलको अग्रता दिलाए । त्यसैगरि, रोयलका विभुषण केसीले ६४ र ६५ तथा प्रकाश बुढाथोकीले ६१ औँ मिनेटमा गोल गरे ।
    पहिलो खेलमा रोयलका विशाल थापा म्यान अफ दी म्याच भए । उनलाई रोयलका उपाध्यक्ष माधव अर्यालले पुरस्कृत गरे ।
    बाँकेका १४ वटा टीमले भाग लिएको प्रतियोगिताको लुम्बिनी प्रदेशका सभासद तथा ओलम्पियन सुरेन्द्रबहादुर हमालले गरेका थिए । २१ असोजसम्म संचालन हुने प्रतियोगिताको विजेताले एकलाख ११ हजार एक सय ११ रुपैँया र दोस्रो हुने टीमले ५१ हजार एक सय ११ रुपैँया तथा मेडल, ट्रफी र प्रमाण पत्र पाउने आयोजक रोयल क्लवका अध्यक्ष सूर्यमणी अधिकारीले जानकारी दिए । शनिवार दिउँसो २ बजे धम्बोझी क्लव र मोडल क्लव तथा दिउँसो ४ बजे रेसिङ सहारा र न्यू भगवती क्लव वीच हुने आयोजकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology