भगतराम थारु – नेपालगन्ज २५ भाद्र : सोसल मिडियामा भाइरल भएको रोड हेर्न हजारौंको मानिस बाँकेको बैजनाथ गाउँपालिका स्थित रहेको न्यु सिटिमा पुग्ने गर्दछन् । कसैले सोचेको पनि थिएन यति भाइरल रोड र मानिसको भिडभाड हुन्छ भनेर स्थानिय विर बहादुर परियारले भन्नुभयो । टिकटक बनाउन या मानिसहरुको भिड हेर्न पनि यहाँ हजारौं मानिस दैनिक आउने गरेको उहाँले बताउनुभयो । केही समय सुनसान हुने ठाउँ अहिले चहलपहलले निकै प्रख्यात भएको छ बाँकेको न्यु सिटी भाइरल रोड । पछिल्लो समय सामाजिक सन्जाल टिकटकमा भाइरल भएको न्यु सिटी सडक भाइरलले झनै प्रख्यात बन्दै गएको छ । बाँकेको बैजनाथ गाउँपालिकामा रहेको न्यु सिटिमा रहेको भाइरल सडक हेर्न र टिकटक बनाउन आउनेको भिड नै लागेको हुन्छ । केही समय सुनसान हुने न्यु सिटीमा अहिले नास्ता पसल, चटपटे, होटल लगायत गाडी पार्किङको व्यवस्था समेत त्यही ठाउँमा मिलाएको छ । निजी जग्गामा प्लटिङग गरि बनाएको कालोपत्रे सडक एकाएक भाइरल भएको देखेर स्थानिय दंग परेका छन् । वरिपरि हरियाली खेत, सुनसान वातावरण ।

चारैतीर मनमोहक दृश्यसँगै रुखहरुको छाया जताततै सडकले टिकटक बनाउन र हेर्न आउनेको घुइचो नै लाग्ने गरेको कोहलपुर नगरपालिका ३ का सुरज चौधरीले बताउनुभयो । म दैनिक एक पटक न्यु सिटी भाइरल रोड पुग्ने गरेको छु उहाँले भन्नुभयो । त्यस ठाउँमा पुग्दा त्यहाँको चहलपहल र मानिसको भिडले आफैलाई खुसी बनाउने र दुख पिडा पनि कम हुने भएको हुनाले मन भुलाउन दैनिक पुग्ने गरेको छु उहाँले भन्नुभयो । खाली समय हुने वित्तिकै घुन्न पुगिहाल्ने चौधरीले बताउनुभयो । निजी जग्गा पलटिङग गरेको सुन्दर फाँटको बीच विचमा फराकिलो कालोपत्रे गरिएको पक्की सडकले मनमोहक नै बनाएको छ ।

टाढा टाढा देखि भाइरल रोड हेर्न दैनिक हजारौंको संख्यामा आउने गरेको कोहलपुर १४ बस्ने विमला पुनले बताउनुभयो । मैले पनि टिकटक मै भाइरल भएको रोड हेर्न समय मिलाएको थिए बल्ल समय मिलाएर हेर्न आएको उहाँले बताउनुभयो । टिकटममा हेरेको यहाँ आउदा रमणिय र मनमोहक ठाउँ रहेको विमला पुनले बताउनुभयो ।
यहाँ आउँदा त सांच्चै नै रमाइलो ठाउँ भएको महसुस गरेको उहाँले बताउनुभयो । जहाँ म्युजिक भिडियो बनाउन र सेल्फी, टिकटक खिच्न आउनेको घुइँचो लाग्ने गरेको छ । यो सडक खेतको बीचमा बनेको छ । आफुले सामाजिक संजाल टिकटकमा भाइरल भएको देखेर घुम्न आएको बताउँनुहुन्छ अशोक पुरी । ‘सामाजिक संजालमा निकै भाइरल भएको देखे यहाँ नआइ मन मानेन’ उहाँले भन्नुभयो । निजी जग्गामा बनेको यो सडकले छोटो समयमा भाइरल भएको देखेर स्थानिय दंग भएको पुरीले बताउनुभयो ।

टिकटकमा देखेर यो सडकको बारेमा थाहा पाएको हुँ, म आज पहिलोपटक यहाँ आएँ,’ स्थानिय सन्तोष चौधरीले भन्नुभयो । २०७७ चैत्र महिनामा कालोपत्र गरेपछि एकाएक आकर्षक बढेको कोहलपुर डेभलपर प्रा.लि न्यु सिटीका म्यानेजर सुरेश आचार्यले बताउनुभयो । तिजको दिन त झनै खुट्टा टेक्ने ठाउँ थिएन उहाँले भन्नुभयो । हरेक दिन चहलपहल उत्तिकै हुन्छ यसलाई व्यवस्थित गर्न तिर लागिपरेका छौं उहाँले भन्नुभयो । न्यु सिटी भित्र १५ विगहा जमिन छ जहाँ ६०० घडेरी बनाएका छौं आचार्यले भन्नुभयो । यहाँ पक्की बाटो, विजुली बत्ति, खानेपानीको व्यवस्था, बसपार्कको सुविधा, हस्पिटलको लागि पनि १५ सैयाको बैजनाथ गाउँपालिका स्तरिय अस्पताल निर्माण कार्य लगायतका सुविधा रहेको आचार्यले बताउनुभयो । अहिलेसम्म ३० हजार बढिले यसको अवलोकन गरिसकेको अनुमान उहाँले गर्नुभयो । न्यु सिटीमा सुविधा सम्पन्न आकर्षक पुर्वधारयुक्त घडेरी पनि विक्रिमा रहेको उहाँले बताउनुभयो । पछिल्लो समय दैनिक रुपमा पर्यटक बढ्न थालेपछि वातावरण प्रदुषण भैरहेको उहाँले बताउनुभयो । हजारौंको भिडमा दैनिक फोहर बढिरहेको छ तर सफा कस्ले गर्ने उहाँले भन्नुभयो । यसलाई अझ व्यवस्थित गरि हेर्न लायक बनाउने हो भने झनै प्रख्यात हुने यहाँका अगुवाहरुको भनाई छ ।

