(Wednesday 28th of October 2026)
`

अनेरास्ववियु (क्रान्तिकारी) को अध्यक्षमा आचार्य

  • सगरमाथा गन्तब्य
  • 25.9K
    SHARES

    सहाबुद्दिन हल्वाई : नेपालगन्ज, २१ भदौ : बाँकेमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को प्रथम नेपालगन्ज उपमहानगरपालिका सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले दिपेन्द्र आचार्यको अध्यक्षतामा १३ जना पदाधिकारी सहित ३१ सदस्यीय नगर कमिटी गठन गरिएको छ । नव गठित समितिको उपाध्यक्षमा सन्तोष नेपाली, सचिवमा विना चदारा, सहसचिवमा राकेश सुनार, विशाल चौधरी, विशाल वागचन लगायत चयन भएका छन् । कोषाध्यक्षमा महेश्वरी सिंहलाई सर्वसम्मत रुपमा चयन गरिएको अनेरास्ववियु (क्रान्तिकारी) नेपालगन्ज उपमहानगरपालिकाका इन्चार्ज मर्मजन बमले जानकारी दिनुभयो ।
    विद्यार्थीहरुको हकहित र आवाजलाई उठाउनुका साथै अनुशासन भएर अगाडि बढ्न विद्यार्थी युवाहरूलाई आग्रह गर्दै उहाँले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र दैलेख जिल्ला सदस्य नवराज योगीले नवनिर्वाचित पदाधिकारीहरुलाई अबिर टीका र खादा लगाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । सो सम्मेलनमा अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश सयोजक नारायण खनाल, केन्द्रिय सदस्य तथा सह सयोजक तुल्सिमणी के.सी र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका सदस्य निरक पोख्रेल लगायतको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology