नेपालगन्ज – धतंगा ग्रुपले निर्माण गरेको सर्ट फिल्म (टेलिसिरियल) मा रहेको यो धतंगा बोलको म्युजिक भिडियो सार्वजनिक गरेको छ । धतंगा ग्रुपले निर्माण गरेको म्युजिक भिडियोमा चर्चित चर्चित मोडलहरुको भुमिका रहेको छ । यो धतंगा बोलको म्युजिक भिडियोमा चर्चित मोडल विवश जिएच, सुनिता दहित, चर्चित गायक खेम भौगरिया, सन्देश के चौधरी, मस्तिराम चौधरी (मस्तैला) संगम धम्लहवा, शिशिर धम्लहवा, झरना चौधरी, सन्जिता सुन कुशुम्या, विकास थारु, सन्ध्या चौधरी, मनोज थारु, तिलक राम थारु, लालधनी गारु , सावधानी थारु, महेश थारु, विद्या थारु, मिना थारु, रमिता थारु, सजिना थारु, सन्तोष थारु, अनु थारु लगायतको मुख्य भुमिका रहेको छ । कोहलपुर नगरपालिका बसपार्क स्थित रहेको वाई.एस मिडिया प्रालि युट्युव च्यानलले धतंगा म्युजिक भिडियो सार्वजनिक गरेको हो ।

अहिलेको परिस्थितिमा आधारित रहेको सर्ट फिल्म धतंगा छायाङकनको काम सकेर सम्पादनको काम धमाधम भैरहेको सुटिङग युनिटले जनाएको छ । धतंगा थारु टेलिसिरियल हो । धतंगा भनेको नेपाली भाषामा लोफर मानिसहरुलाई भन्ने गरिन्छ । विश्व नै संकटमा रहेको कोभिडका कारण देखिएको विषयबस्तुमा आधारित धतंगा टेली सिरियल (सर्ट फिल्म) निर्माण गरिएको सुटिङग युनिटले जनाएको छ ।
बाँकेको कोहलपुर, बर्दियाको बाँसगढी आसपासमा छायाङकन गरिएको म्युजिक भिडियो र टेलीसिरियल धतंगा ग्रुपले निर्माण गरिएको टेलिसिरियलमा लकडाउनको बेलामा गरिएको उपद्रो व्यवहारलाई लक्षित गरि देखाउन खोजिएको कलाकार मस्तिराम मस्तैलाले जानकारी गराउनुभयो । थारु भाषामा आधारित धतंगा टेलिसिरियल केही दिनमा आउने सुटिङग युनिटको दाबी छ । धतंगामा डाइरेक्सन सन्देश के चौधरीले गर्नुभएको छ भने छायाङकन सम्पादन एम बहादुर थारुको रहेको छ । धतंगाको स्टोरी खेम भौगरियाको रहेको छ । यस्तै कथा÷सम्बाद मस्तिराम चौधरी (मस्तैला) र सन्देश कुमार चौधरीको रहेको छ । वाई एसले निर्माण गरिएको धतंगा भाग १ हो यसलाई निरन्तरता दिने धतंगा ग्रुपले जनाएको छ ।


