नेपालगन्ज : कक्षा दश अर्थात एसईईको परीक्षापछि माध्यामिक तह कक्षा ११ को शिक्षा सुरु हुने भएको हुनाले अवको रोजाई के ? भन्ने सोचका साथ विद्यार्थीहरु अलमलिने गरेको पाइन्छ । साथीहरु जता जे पढे त्यही पढ्ने कि ? आफ्नै रोजाईको विषय पढ्ने जिम्मेवारीबोध विद्यार्थीहरुको काँधमा थपिएको छ । एसईई त्यही बिन्दु हो, जहाँबाट करियरको आधार तयार गर्न सकिन्छ । अर्थात माध्यामिक तह विद्यार्थीको भविश्य बनाउने वा प्रबेश गर्ने विन्दु रहेको देखिन्छ । विद्यार्थीहरु व्यवस्थापनमा भविष्य बनाउनेले व्यवस्थापन संकाय लिएर पढ्न सक्छन् । विज्ञान प्रविधिमा रुची भएकाले विज्ञान संकाय रोज्न सक्छन् । कला, संस्कृति आदि क्षेत्रमा भविष्य बनाउन मन लाग्नेले मानविकीमा आधार तय गर्न सक्ने र तय गर्ने आधार भनेको विद्यार्थीमा रहेको हुन्छ । त्यसैले माध्यामिक तहमा पुगेपछि विषय छनौटमा निकै सोचविचार गर्नुपर्ने रहेको सगरमाथा ई.मि. हाई स्कूलबाट भर्खरै एसईई अर्थात कक्षा दश पास भएका विद्यार्थी जेनिशा रावलले बताउनुहुन्छ । भविश्य बनाउने जिम्मेवारी थपिएको छ उहाँले भन्नुभयो । अभिभावक र मेरो रोजाई नै व्यवस्थापन संकाय तिर रहेको हुनाले सोही विषय लिएर पढ्ने विचार गरेको उहाँले बताउनुभयो । विश्वव्यापी रुपमा व्यवस्थापन विषयले ठुलो ठाउँ ओगटेको हुनाले र आफै पनि स्वरोजगार हुन सक्ने भएको हुनाले व्यवस्थापन विषय लिएर पढ्ने विचार गरेको उहाँले भन्नुभयो ।
आफुलाई रुचीको विषय पनि हो र यसमा अवसर पनि बढि रहेको हुनाले व्यवस्थापन विषयमा रुची भएको रावलले बताउनुभयो । सगरमाथा हाई स्कूलबाटै कक्षा १० पास गरेका अर्का विद्यार्थी समिर कार्कीले भने म्यानेजमेन्ट पढ्ने सोच बनाएको बताउनुहुन्छ । कक्षा नर्सरीदेखि सगरमाथा हाई स्कूलमै पढेको हुनाले म्यानेजमेन्ट संकाय पनि सगरमाथा मै पढ्ने सोच रहेको उहाँले बताउनुभयो । सानैदेखि सगरमाथा हाई स्कुलमा पढेको र यहाँको वातावरण, शिक्षा, स्वास्थ्य, खेलकुद, नृत्य तथा भौतिक संरचना पनि राम्रो भएको हुनाले सगरमाथा स्कूलमै पढ्ने लक्ष्य रहेको कार्कीले बताउनुभयो । पढाईको साथ साथै खेलकुदमा पनि मेरो सानैदेखिको रुची रहेको हुनाले खेलकुदमा पनि उत्तिकै समय दिने गरेको र हरेक बर्ष प्रतियोगितामा भाग लिने र गोल्ड मेडल समेत पाउने गरेको उहाँले बताउनुभयो । भविश्यको रोजाई एसईई पछि हुने भएको हुनाले आफुले पढेको स्कूल र राष्ट्रको लागि योगदान गरिने कार्कीले बताउनुभयो ।
अहिले जुन किसिमको नजिजा आएको छ यसमा खासै चित्त नबुझेको उहाँले बताउनुभयो । आफ्नै किसिमको तयारीका साथ परिक्षा दिन पाएको भए यो भन्दा राम्रो नजिता आउनेमा उहाँ ढुक्क रहेको बताउनुहुन्छ । सानैदेखि पढेको स्कूलप्रति भविश्यमा राम्रो गरे भने स्कूलप्रतिको योगदानलाई कहिल्यै नर्विसने कर्णधार भएर निस्कने विचार रहेको उहाँले बताउनुभयो । कोभिडले लगनशिल विद्यार्थी मात्रै नभएर सम्पुर्ण विद्यार्थीमाथि गहिरो छाप बनाएको छ । विश्वव्यापी रुपमा कोभिडले तहसनहस बनाएको अवस्थामा शिक्षा क्षेत्रलाई झनै प्रभाव पारेको छ । शिक्षा क्षेत्रमा पढाईको साथसाथै आन्तरिक क्रियाकलापमा पनि जोड दिनु पर्ने उहाँले धारणा राख्नुभयो । उनीहरुलाई आफ्नो साथीले जे पढ्यो वा जे गर्यो आफूलाई पनि त्यहि गर्न मन लाग्छ । हाम्रो समाजमा आफन्त, छिमेकीहरुले पनि छोराछोरीलाई यस्तो पढाउ र उस्तो पढाउ भनेर सल्लाह दिने गर्छन् ।
