नेपालगन्ज : कहाँ हराए पशु उद्दारकर्ता ? अरु बेला पशुचौपायालाई खोजी खोजी खाना खुवाउने पशु अभियानकर्ताहरु कता हराएका छन् । कुनै बेला भोकै बसेका पशुचौपायालाई सानदार कारमा खाना लिएर पुग्ने ति पशुअभियानकर्ताहरु यति बेला कहाँ हराएका छन् । बुधवार नेपालगन्जको सुर्खेतरोडमा पेट चिरिएर आन्द्रा निस्केको गोरुको उपचारको लागि कसैले पहल गरेन् । पुरै आन्द्रा वाहिर आएको र छालाको काटिएको गोरु सडक छेउमा चरिरहेको थियो । उसको घाउ हेर्दा कति पिडा र दुखेहोला विचरा । हजारौ मानिस गोरुलाई देखेर दया मानिरहेका थिए । घाउ देखेपछि जो कोहीले ए भगवान भन्नसम्म भ्याउने ति मानिस कसैको आँट भएन कि उपचार गर्न लैजाउ भनेर । कहाँसम्मको मानिसमा दया हुन्छ भन्ने त्यसैबाट प्रमाणित हुन्छ । त्यही बखत नेपालगन्जका बालअधिकारकर्मी सलमान सल्मानीको पनि त्यही गोरुमाथि आँखा गयो । त्यसपछि सल्मानले जिल्ला प्रहरी कहाँ खबर गर्नुभयो । प्रहरीले नगरप्रहरीलाई देखाई दियो । नगरले वडा प्रहरी देखाउदा बालअधिकारकर्मी सल्मानले नगर प्रहरीका प्रमुखलाई फोन गर्दा वाहिर रहेको जानकारी गराउनुभयो र उहाँले इन्सपेक्टरलाई जानकारी गराउन भन्नुभयो र उहाँले सोही अनुसार नगरप्रहरीका इन्सपेक्टरलाई खबर गर्दा उहाँले पशु घाइते हुदा पशुको डाक्टरलाई फोन गर्नु मलाई किन फोन गर्नुहुन्छ भन्ने जवाफ फर्काउनुभयो । मन आत्तियो सल्मानीले भन्नुभयो । पुन जिल्ला प्रहरी प्रमुख श्याम कृष्ण अधिकारीलाई फोन गरे र उहाँले आफ्नो सेटबाट सबै निकायमा पु¥याउनुभयो । मलाई रुपैडिहा जान हतार थियो र म हिडे अब त केही होला भनेर । उद्दारको लागि यतिका प्रयास गरियो पछि के भयो थाहा भएन उहाँले भन्नुभयो । त्यो घाइते गोरुको हातल देख्दा सबैको मन भक्कानिथ्यो उहाँले भन्नुभयो । नगरप्रहरीको ति बोलीले किन जागिर खाए होलान जस्तो पनि लाग्यो उहाँले भन्नुभयो । अरुबेला ति पशु खोज्दै हिड्ने सरोकारवाला निकाय पनि कता कुन दुनियामा छन् जस्तो लाग्यो । हे भगवान ति घाइते गोरुको उद्दार भयो कि भएन त्यही सोचमा छु सलमानले भन्नुभयो । रुपैडिहाबाट फर्किदा पनि ति घाइते गोरुलाई खोजे पाएन उहाँले भन्नुभयो । घाइते गोरुलाई कस्ले त्यो हालतमा पु¥याएको हो यसमा पनि सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।
