नेपालगन्ज : राज्यले अहिले पनि निजी विद्यालयलाई सौतेलो ब्यवहारको रुपमा हेर्ने गरेको प्रति प्याव्सन र नेशनल प्याव्सन बाँकेले घोर भत्र्सना गरेका छन् । जहिले पनि निजी विद्यालयप्रति हेर्ने नजर राज्यको फरक रहेको भन्दै उनिहरुले घोर भत्र्सना गरेका हुन् । आइतवार प्याव्सन र नेशनल प्याव्सन बाँकेले सयुक्त विज्ञप्ती जारी गरि घोर भत्र्सना गरेका छन् । आइतवार कोहलपुरमा भौतिक रुपमा विद्यालय संचालन भएको भन्ने नाममा कोहलपुर नगर शिक्षा शाखाबाट अचानक तथा अमर्यादित शैलिमा छाता संगठनहरुलाई समेत जानकारी नगराई पुर्वाग्राही ढंगले नगरका चार निजी विद्यालयहरुमा गरिएको अनुगमनले श्रृजना गरेको परिणाम प्रति प्याव्सन र नेशनल प्याव्सन बाँकेको गम्भीर ध्यानआकर्षण भएको प्याव्सन बाँकेका अध्यक्ष राजेन्द्र कुमार आचार्य र नेशनल प्याव्सन बाँकेका अध्यक्ष श्याम बहादुर कुवंरद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । विद्याथीहरु लामो समय देखि पठनपाठनबाट बञ्चित रहदा उनिहरुमा उत्पन्न हुने मनोबैज्ञानिक असर प्रति हामी सचेत छौं विज्ञप्तीमा भनिएको छ । हाल देशभर सम्पुर्ण क्षेत्रहरु पुर्णरुपमा खुल्ला रहेको तर शिक्षा क्षेत्र मात्र बन्द रहदा कोरोना संक्रमण बढ्छ भन्ने कुरामा हामी विस्वस्त छैनौ जारी विज्ञप्तीमा भनिएको छ । अनावश्यक रुपमा विद्यालय बन्द गरिनु हुदैन भन्ने विषय प्रति प्याव्सन र नेशनल प्याव्सन बाँकेले जोडदार माग गर्दछ ।
