(Wednesday 28th of October 2026)
`

बाँसगढीको मिना व्युटि पार्लर महिलाहरुको रोजाई बन्दै

  • सगरमाथा गन्तब्य
  • 29.8K
    SHARES

    नेपालगन्ज : बर्दियाको बाँसगढी बजारमा रहेको मिना व्युटि पार्लर एण्ड ट्रेनिङग सेन्टर महिलाहरुको रोजाई बन्दै गएको छ । छोटो समयमा व्युटिसियनका काम तथा ट्रेनिङले गर्दा मिना व्युटि पार्लर स्थानिय महिला दिदी वहिनीहरुको मन मनमा बस्न सफल भएको हो । छोटो समयमा मिना व्युटि पार्लरले महिला दिदीवहिनीहरुलाई चाहिने सम्पुर्ण सामाग्री पाउनुका साथै विभिन्न समुदायका सांस्कृति झल्कने पहिरन समेत उपलब्ध रहेको मिना व्युटि पार्लरका संचालिका मिना चौधरीले बताउनुभयो । सानै लगानीमा सुरुवात गरेको पार्लर अहिले ग्रहाकको मन जित्न सफल हुँदा आफुलाई गर्भ महसुस हुने पार्लरका संचालिका मिनाले बताउनुभयो । पहिले पहिले एक्लैले सम्हाल्न सकिन्थ्यो पछि पछि महिला दिदीवहिनीहरुको रोजाईमा पर्न सफल भएपछि श्रीमानले पनि पार्लरमा सघाउन थाल्नु भयो उहाँले भन्नुभयो । अहिले तालिम पनि निरन्तर संचालन गर्दै आएका छौं वाहिरीको काम श्रीमानले सघाउनुहुन्छ उहाँले भन्नुभयो । पार्लरले १० दिने सेल्फ ब्राईडल मेकअप तालिम शनिवार सम्पन्न गरेको छ । मिना व्युटि पार्लर एण्ड ट्रेनिङग सेन्टरद्धारा आयोजना गरिएको १० दिने सेल्फ ब्राईडल मेकअप तालिम शनिवार सम्पन्न भएको हो । १० दिने तालिममा मिना व्युटि पार्लर एण्ड ट्रेनिङग सेन्टरका संचालिका तथा तालिमका प्रशिक्षक मिना चौधरीले प्रशिक्षण दिनुभएको थियो । तालिमको जर्जमा मिलन बिक, रामु चौधरी, शिशिर धम्लहवाले गर्नुभएको थियो । तालिममा १२ जनाको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology