(Wednesday 28th of October 2026)
`

रोपाई सकेपछि भारत कमाउन जानेको संख्या बढ्यो

  • सगरमाथा गन्तब्य
  • 9.1K
    SHARES

    नेपालगन्ज – नेपालगन्ज जमुनाहा भन्सार नाका हुँदै भारत कमाउन जानेको संख्या बढेको छ । घरमा रोपाई सकेर अहिले पुनः भारत कमाउन जानेको संख्या बढेको जमुनाहा इलाका प्रहरी कार्यालयले जनाएको छ । बाँकेमा लकडाउन जारी छ तर पनि पहिलेभन्दा अहिले दैनिक रुपमा भारत कमाउन जानेको संख्या बढेको हो । नेपालीहरुको महान पर्व दशै आउन केही समय बाँकी रहेको छ तर घरमा रोपाईको काम सकेको हुनाले भारत कमाउन हिडेको बारबर्दिया नगरपालिका ५ का अभय नेपालीले जानकारी गराउनुभयो । गाउँघरमा रोपाई सकियो अब केही महिना भएपनि भारत कमाउन जान लागेको उहाँले बताउनुभयो । अभयसंग ७ जनाको टिम भारतको हिमाचल भन्ने ठाउँमा जान लागेको हो । नेपालमा सबै ठेकेदार, दलाल रहेको भन्दै उहाँले नेपालमा काम नगरि भारतको हिमाचलमा काम गर्न जान बाध्य भएको उहाँले जानकारी गराउनुभयो ।
    नेपालीहरुको घर आगनमा दशै आउन केही महिना बाँकी छ । ‘दसैँमा खर्च बढी हुन्छ । त्यो अनुसारको आम्दानी नेपालमा छैन’ उहाँले भन्नुभयो ‘यहाँ बसेर दुखी हुनुभन्दा कमाउन हिँडेका छौं दशैमा घरपरिवारसंगै मनाउन फेरी नेपाल फर्किने उहाँले बताउनुभयो ।’ आर्थिक संकट बढ्दै गएपछि पर्वकै मुखमा परदेश जानुपरेको पीडा उहाँले सुनाउनुभयो । ‘घर परिवारलाई पाल्न मुस्किल भइरहेको छ । चाड पर्वमा छोराछोरी नयाँ लुगा लगाउने मिठो खाने भन्छन्, म कसरी दिउँला’ गम्भीर हुँदै उहाँले भन्नुभयो ‘दशैं दशा नहोस् भनेर कमाउन हिँडेका छौं दशैमा आफ्नै देशमा रमाउन आउने उहाँले बाचा गर्नुभयो ।’ दशैको मुख र कोरोनाको कहरमा हामीलाई पनि अरुको देशमा कमाउन रहर होइना बाध्यता हो उहाँले भन्नुभयो । नेपालमा केही पनि सुविधा नरहेको हुनाले भारत कमाउन हिडेको उहाँले भन्नुभयो ।
    कोरोना महामारीको बेला रोगसँग डराएर भारतबाट आएका उनीहरु अहिले नेपालमा भोकसँग दराएर भारत फर्किन लागेको जानकारी गराउनुभयो । भारत नै हो हामीलाई धानेको । घरमा काम सकिने वित्तिकै केही महिना भएपनि भारतबाट जोहो गरेकोले घरखर्च धानेको छ उहाँले भन्नुभयो । दैनिक रुपमा भारत जानेको संख्या बढेको छ । गतसालमा दशैं तिहार मनाउन नेपाल फर्किने बढी हुने समयमा अहिले नेपालबाट भारत जानेहरूको संख्या बढिरहेको प्रहरीले जनाएको छ । ‘साँझ बिहान छाक टार्न समस्या छ । यही बेला दशैं आउन लाग्यो समस्या टार्न भारत जान लागेका हौँ अर्का भारत जाने एक नागरिकले भन्नुभयो ।’


    दैनिक रुपमा ८ सय देखि १२ सय सम्मको संख्यामा नेपालीहरू भारत गइरहेको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज सई सन्तोष खनालले जानकारी गराउनुभयो । यो अवधिमा नेपाल आउनेहरूको संख्या निकै कम रहेको उहाँले बताउनुभयो । जमुनाहा नाका एक बर्ष पहिले देखि बन्द रहेको छ । लकडाउन भएदेखि विधिवत रुपमा जमुनाहा नाका बन्द नै छ तर विशेष कामले भारत आवतजावत गर्नेलाई नागरिकता प्रमाणपत्र देखाएर भारत आवतजावत गर्न दिइएको छ । विहानदेखि नै भारत कमाउन जानेहरुको लाइन लागेको हुन्छ जमुनाहा प्रहरीका इन्चार्ज सई खनालले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology