नेपालगन्ज १८ असार – सवारीसाधन चेकजाँचमा ट्राफिक प्रहरीले कडाई गर्न थालेको छ । पछिल्लो समय जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्ला भित्र जोर विजोड प्रणाली लागु गरि सवारी साधन चल्न दिएको छ । शुक्रवार जोड नम्बरको सवारी साधन चल्र्ने पालो थियो तर बेजोडका सवारी साधन पनि चल्न थालेपछि जिल्ला ट्राफिक प्रहरीले नियम विपरित चल्ने सवारीसाधनलाई कारवाही गरेको छ । शुक्रवार नेपालगन्जको धम्बोझी चोकमा चेकजाँच गर्दा २ सय सवारी साधानलाई दुई घण्टा होल्ड (कारवाही) गरि सम्झाई बुझाई गरि छाडिएको ट्राफिक प्रहरीले जनाएको छ ।

