(Saturday 25th of July 2026)
`

अपांगता भएकालाई सहायक सामाग्री हस्तान्तरण

  • सगरमाथा गन्तब्य
  • 20.2K
    SHARES

    बाँके – मूख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तरगत खजुरामा अपांगता भएका व्यक्तिहरुलाई सहायक सामाग्री हस्तान्तरण गरिएको छ । आइतबार खजुरा गाउँपालिकाले मूख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशको आर्थिक सहयोग र सबै वडाको समन्वयमा उक्त सामाग्री वितरण गरिएको हो । खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, उपाध्यक्ष एकमाया विक, मूख्यमन्त्री ग्रामीण विकास कार्यक्रम कार्यान्वयन समितिका सदस्य गेहेन्द्र धितालले संयुक्तरुपमा सहयाक सामाग्री वितरण गरेका हुन् । महिला तथा बालबालिका शाखा प्रमुख सुशीला न्यौपानेका अनुसार अति विपन्न परिवारका अपांगता वर्गीकरण ख, ग र घ वर्गका व्हीलचेयर २५ जनालाई, ट्राइसाइकल ६ जनालाई, बैशाखी २ जना, रिंगबाला बैशाखी २ जना, सेतोछडी ८ जनालाई गरी ५० जनालाई वितरण गरिएको हो । कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख कक्षपति, उपप्रमुख विकले विभिन्न कारणले अपांगता भएर आफ्नो जीवनमा सहाराको आवश्यकता भएका गाउँपालिका क्षेत्रभित्रका व्यक्तिहरुको सहाराको रुपमा गाउँपालिका उभिने बताए । गाउँपालिकाले करीब ५ सय जनालाई अपांगता परिचयपत्र वितरण गरेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology