प्रदिप राजवंशी, नेपालगन्ज बाँकेको खजुरा गाउँपालिकाका टिएस ठकुरी पत्रकारसँगैं खेलकुद जगतमा पनि परिचित नाम हो । टिएस ठकुरीले आफ्नो परिचयलाई थप व्याख्या गर्न मिल्ने गरि मेहेनत गरिरहेका छन । हुन त उनि आफुलाई एक सामान्य आम नागरिक हुँ भन्न रुचाउछन । आज उनै पत्रकार, खेलकुदकर्मि, लेखक ठकुरीको घरमा हामि पुगेपछि उनको परिचयमा एक व्यवसायिक किसानका रुपमा थप भएको भन्न सक्ने भयौं । यो उनै बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ गौघाटमा बस्ने टिएस ठकुरीको एकिकृत कृषि फार्म हो ।
ठकुरीले आफ्नो पत्रकारीता सगंसगै कृषि कर्मलाई पनि अघि बढाउदै छन । उनले पढेको पत्रकारीता नै हो । कर्म पनि पत्रकारीता हो । उनि किताब लेख्ने र प्रकाशितका काम पनि गर्छन । तर अहिले दिनानुदिन रिपोर्टिङ्ग नगरेपनि बेला बखतमा आफ्ना कुराहरु सन्चारमाध्यममा लेख्दै पनि आएका छन । ठकुरीले पी एम कप, नेपालगंज म्याराथन लगायतका खेलकुद प्रतियोगिता हरेक वर्ष सम्पन्न गर्दै आएका छन् िलकडाउनमा उनले पुर्णतया आफ्नो फार्मलाई समय दिएका छन । एकिकृत कृषि फार्मका रुपमा अघि बढाउदै लगेका ठकुरीले तरकारी खेती, पशुपन्छि पालनलाई अघि बढाएका छन ।
बाख्रा पालन, लौकाट पालन, लोकल कुखुरा पालन, बट्टाई पालन, हासँ पालन, माछा पालन सगै तरकारीमा क्याप्सकिम र टमाटरलाई विषेस जोड दिइएको छ । उनको तरकारी बारीमा लौकी फर्कि, खुर्सानि लगाएत पछिल्लो समय स्टबेरी पनि लगाउन सुरु गरेर उत्पादन पनि लिइसकेका छन । स्टबरी परिक्षणका रुपमा लगाएपनि यसले राम्रो उत्पादन दिएको ठकुरीले बताए । पशुपालनका लागी घाँस चाहिने भएकाले घाँस पनि लगाएको उनले बताए ।

ठकुरीले आफ्नो भएको खेर गइरहेको जमिनलाई सदुपयोग गर्दै यसको सुरुवात गरेको बताउछन । काम गर्दै जादाँ धेरै सिकिने रैछ भनेर बजारको लागी सरकारले विषेस ध्यान दिन आवश्यक रहेको बताए । ठकुरीले उत्पादन गरेको तरकारीहरु भाट भटेनी सुपर मार्केटले घरमै आएर लैजाने गरेको बताए । सिजनमा तरकारी मात्रै ४,५ लाख विक्रि गर्ने गरेको उनले जनाए । पालेका पशुपन्छिबाट पनि उत्तिकै आम्दानी हुदै आएको उल्लेख गरे । व्यवसायिक रुपमा ध्यान दिएर कृषिमा काम गर्नेहो भने आम्दानी राम्रो हुने जनाए ।
कृषि पर्यटन एग्रो टुरिजियमका रुपमा फार्मलाई विकास गर्ने उदेश्य राखिएको ठकुरीले बताए । अहिले पुर्वाधार निर्माणको काम गरिरहेको र पछि ग्रामिण पर्यटन धित्राउने गरि योजना बनाउदै छु, ठकुरीले बताए । अहिले दैनिक ४,५ जना स्थानियलाई रोगजारी पनि दिदै आएको उनले जनाए । कृषिमा तल्लीन भएर लाग्ने हो भने आफ्नो, समाज र देशकै विकास हुने उनले बताए ।
आम किसानहरु कृषिमा काम गर्न धेरै नै इच्छुक रहेको र राज्यले बेला बखतमा अनुगमन निरिक्षण गरि सल्लाह सुझाव दिन सकेको खण्डमा नेपाल कृषिमा आत्मनिर्भर छिटै हुने बताउँछन ।
