खगेन्द्र दाहाल, नेपालगन्ज : सुरुवातमा विएसिएजि पढेर पनि जागिर नखाएर किन भैसी पाल्न थालेको होला भनेर गाउँलेहरुले कानेखुसी गरे । अहिले तिनै गाउँलेहरुले भैसी पाल्न पनि पढेको मान्छेले राम्रोसंग सक्नेरहेछ भनेर प्रशंसा गर्छन् । पढेकोले जागिर नै खानुपर्छ भन्ने मनसायलाई ल्यागेर बाँके जानकी गाउँपालिका वडा नम्बर ३ मानपुर बस्ने गौतम रोकाले व्यवसायिक रुपमै भैसी पालनलाई रोजेका छन् ।
२५ वर्षिय रोकाले भारतको राजस्थान बाट विएसीएजि पढेका हुन । गौतमले भैसी पालन गर्न थालेको लामो समय त भएको छैन तर पनि उनको योजना भने लामो समयसम्म टिक्ने रहेका छन् । २०७५ भदौको महिनादेखि गोढ बनाएर व्यवसायिक यात्रा सुरु गरेका गौतमसंग १६ वटा दुहुनो भैसी, २ पाडि, वीउ रागो २ वटा र गाई १ वटा रहेका छन् । भैसीहरु गौतमले मुर्रा जातका उन्नत पालेका छन् । लक्ष्मि राँगो मुर्रा जातको ए ग्रेटको पालेका छन् ।
भैसीलाई खुवाउने खानेकुरा राख्न ठुलो गोदामघर पनि बनाएका छन । गोदाम घरमा ३१ ट्राली गहुँको भुस भैसीलाई सुवाउनका लागी सन्चय गरेका छन् । जागिर छाडेर भैसी पालनमा लागेका युवा किसान गौतमले हालसम्म ७५ लाख सम्म लगानी गरिसकेका छन् । गौतमले खरिद गरेका भैसिहरुलाई १ लाख ८० हजार रुपैयाँदेखि २ लाखसम्म प्रति गोटालाई परेको छ । उनले पालेका मुर्रा भैसीले दिनमा १४ देखि १८ लिटर सम्म दुध दिने गरेका छन ।
दैनिक १४५ लिटर देखि १६० लिटर सम्म दुध गौतमले विक्री गर्दै आएका छन् । ६० रुपैयाँ प्रतिलिटर विक्री हुँदै आएका कृषक गौतमले दिनमा ९ हजार रुपैयाँ बराबरको विक्री गर्ने गरेको जानकारी दिए । फार्ममा ४ जनालाई प्रतक्ष रोजगारी दिएका गौतमले अमिला कृषि तथा पशुपालन फर्म दर्ता गरेरै व्यवसाय गरेका हुन । कृषि पढेपछि के गर्ने भनेर सोच बनाउँदा जागिरबाट सन्तुष्टि नमिलेको कारण पहिले देखि घरमा सानो रुपमा पाल्दै आएको भैसीपालनलाई थप सुधार गर्दै आफुले पढेको कुरा सदुपयोग गर्न व्यवसायिक रुपमा लागेको उनी बताउँछन् ।
पहिले पाल्दा राम्रो व्यवसायिक बन्न नसकेकोले पढेर आएपछि धेरे दुध दिने उन्नत भैसीहरु राखेर फर्म संचालन गरिएको गौतमले बताए ।
गौतमले अनुदान पाउँछु भनेर भैसी पालेका होइनन । युवा कृषक गौतम भन्छन् अनुदानले अल्छि बनाउँछ त्यसैले यसतर्फ मेरो ध्यान छैन । अनुदान दिनुस मैले यति भैसी पालेको भनेर कार्यालयहरु धाउने फुर्सद नभएको र यसतर्फ चासो पनि नभएको उनले उल्लेख गरे ।
गौतमले अनुदान बास्तविक किसानलाई हौसलाका लागि मात्र दिने व्यवस्था भयो भने धेरै व्यवसायिक बन्न सक्ने बताउँछन । अनुदानकै लागि कृषि कर्म गर्नेहरुले बास्तविक किसानहरुलाई मर्कामा पारेको धारणा राख्दछन् । युवा कृषक गौतमले भैसी पालेर दुध बेच्ने मात्र नभएर आगामी दिनमा भैसीका लागि आवश्यक दाना आफै बनाउने, दुग्ध परिकारहरु बनाउने र आफ्नै डेरि संचालन गर्ने योजना बनाएका छन् ।
बाँकेको व्यवस्थित र उन्नत जातका भैसी पाल्ने किसानहरुमा गौतमको नाम अग्रपंथीमा आउँछ । गौतमले भैसी दुहुनका लागी दुध दुहुने मेसिन पनि खरिद गरि ल्याएका छन् । जसले उनलाई दुध दुहुन सहज र समयको पनि बचत गराएको छ । किसान आवाजबाट
