जसपाको यादव पक्षद्वारा ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन
सगरमाथा गन्तब्य
19.1K
SHARES
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित अन्य तीन नेताहरूलाई पार्टीबाट निष्कासन गरेको छ । मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकले ठाकुरसहित राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्कासन गरेको हो। पार्टीबाट निष्कासन गरेसँगै यादव पक्षले उक्त विषयबारे निर्वाचन आयोगलाई जानकारी गराइसकिएको छ । जसपाको यादव पक्षले दुईपटकसम्म स्पष्टीकरण सोध्दा जवाफ नआएसँगै अध्यक्ष ठाकुरसहित अन्य तीन नेतालाई पार्टीबाट हटाइएको छ । यसअघि ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई दुई पटक स्पष्टिकरण सोधिएको थियो। हाल ठाकुर पक्ष भने ८ मन्त्रालय र २ राज्यमन्त्रीसहित सरकारमा जाने अन्तिम तयारीमा रहेको छ। न्युज २४ नेपालबाट