नेपालगन्ज, १७ जेठ – बाँकेमा हरेक बर्ष किसानलाई मल र धानको विउको अभावले चिन्तित बनाउने गरेको छ । जेठ महिना सुरु हुने वित्तिकै किसानलाई मल र धानको विउ कहाँबाट जोहो गर्ने चिन्ताले सताउने गरेको किसानहरु बताउँछन् । राज्यले हरेक बर्ष किसानलाई मल र धानको विउको व्यवस्था गरिसकेको जानकारी गराए पनि समयमा उपलव्ध नगराउँदा किसानहरु चिन्तित हुने गरेका छन् । बाँके भारतको सिमानाकासंग जोडिएको नाका हो । भारतको भरमा यहाँका किसानहरु कृषि पेशामा निर्भर हुन बाध्य भैरहेको किसानहरु बताउँछन् । राज्यले समयमा धानको विउ र मल उपलब्ध नगराउँदा भारतबाट ल्याउन बाध्य भएको जानकी गाउँपालिका ३ का किसान बर्साती कहारले बताउनुभयो । भारतमा प्रयाप्त मात्रामा मल र धानको विउ पाइन्छ र सस्तो पनि छ नेपालमा कहिले आउँछ कहिले भनेर भारतबाट ल्याउने गरेको किसान बर्सातीले बताउनुभयो ।
भारतबाट ल्याउँदा भारतीय प्रहरीले केही नभने पनि नेपाल प्रहरीले भने रोक्ने र मल नै सिज गर्ने र रकम माग्ने गरेको उहाँले गुनासो पोख्नुभयो । बर्साती जस्तै अर्का किसान बिकल यादवले पनि भारतबाट मल र धानको विउ ल्याउने गरेको बताउनुभयो । नेपालमा नपाएपछि भारतमा विहान गएर साँझा मजाले भारतबाट चोरीको बाटो हुँदै नेपाल मल भित्राउने गरेको उहाँले भन्नुभयो । नेपालमा समयमा विउ र मल उपलव्ध नहुँदा जहिलेपनि धान लगाउने समय पछाडी पर्ने गरेको उहाँले बताउनुभयो । सिजनमा जहिले पनि मल र विउको किसानलाई हाहाकार हुने गरेको उनिहरु बताउँछन् ।

भारतमा विउ र मलको लागि धाउन बाध्य रहेको किसानहरुको भनाई छ । नेपालमा मल र विउ नपाउने र भारतमा नेपालभन्दा सस्तो पाउने भएको हुँदा भारतबाटै ल्याउने गरेको किसानहरुको भनाई छ । १५÷१६ कठ्ठामा खेतीपाती गर्न पनि भारतको भर पर्नु पर्छ उहाँले भन्नुभयो । नेपालमा न राम्रो सिचाईको सुविधा छ न त समयमा विउको व्यवस्था रहेको उहाँले भन्नुभयो । स्थानिय तहमा मल नआउँदै रकम जम्मा गरिसकेको उहाँले बताउनुभयो । पहिलो चरणमा आ आफ्नो मान्छेलाई दिएको र दोश्रो चरणमा पनि पाइन्छ कि पाइन्न भन्ने उहाँलाई चिन्ता रहेको जानकारी गराउनुभयो । यस्तै कृषि ज्ञान केन्द्र बाँकेका प्रंमुख सागर ढकालले भने ३६ हजार ५ सय हेक्टरमा धान खेती हुने गरेको उहाँले बताउनुभयो । बाँकेमा १४ हजार ५ सय हेक्टरमा नियमित सिचाई भैरहेको उहाँले बताउनुभयो । जसमा सिक्टा सिचाईले पनि सिचाईको लागि पानी पु¥याउने गरेको उहाँले बताउनुभयो । ९ सय मेट्रिक टन बाँकेमा उन्नत विउ उत्पादन हुने गरेको उहाँले बताउनुभयो ।
बाँकेमा यस बर्ष स्टक मल र धानको विउ भएको हुनाले अभाव नहुने उहाँले धारणा राख्नुभयो । किसानले भारतबाट ल्याएको विउ उन्नत जातको नभएको कारण सस्तोमा पाउने गरेको उहाँले भन्नुभयो । भारतबाट ल्याएको विउ नेपालबाट मान्यता प्राप्त भए नभएको जानकारी लिएर मात्र खरिद गर्न उहाँले आग्रह गर्नुभयो । भारतबाट ल्याएको धानमा किरा लाग्ने धान नफल्ने जस्ता समस्या आउने गरेको कार्यालय प्रमुख ढकालले बताउनुभयो ।
