(Wednesday 28th of October 2026)
`

जोखिम मोलेर काम गर्ने र पिटाई खाने स्वास्थ्यकर्मी अस्पतालको सेवा सुविधाबाट बञ्चित

  • सगरमाथा गन्तब्य
  • 19.3K
    SHARES

    भगतराम थारु, नेपालगन्ज – रातदिन भोक प्यास नभनी काम गर्ने स्वास्थ्यकर्मीहरु अस्पतालबाट सोचे जस्तो सेवा सुविधा पाउनबाट बञ्चित भएका छन् । कोभिड १९ का बेला झन जोखिम मोलेर काम गर्ने स्वास्थ्यकर्मी, नर्स, स्टाप नर्स अस्पतालबाट पाउने सेवा सुविधा पाउनबाट बञ्चित हुँदै आएका छन् । राज्यले टोकेको तलब र जोखिम भत्ता समेत नपाएको अवस्थामा उनिहरुले दुखेसो पोखेका हुन् । बाँकेको नेपालगन्जमा बारम्बार स्वास्थ्यकर्मी माथि हातपात र अस्पताल तोडफोड भए पनि यसको निकासा भने निकालिएको छैन् । अति जोखिम मोलेर काम गरिरहेका स्वास्थ्यकर्मीहरु यति बेला जोखिम भत्ता र नियमित तलब नपाउँदा झनै पिडित बनेका छन् । परिवारको मुख नहेरी दैनिक कोभिडका विरामीसंगै खेल्ने र अस्पतालको सम्झौता बमोजिम तलब नपाउनु विडम्बना समेत रहेको उनिहरुको भनाई छ ।
    जोखिममा काम गरियो अस्पतालले गरेको सम्झौता बमोजिम सुविधा छैन कसरी काम गर्ने नर्सहरुले दुखेसो गरेका छन् । घरपरिवारको माया मारेर विरामीको उपचारमा रातदिन नभनि कोरोनासंग लड्दा पनि जोखिम भत्ता नदिएको उनिहरुको गुनासो छ । भोक प्यास नभनि विरामीको आफन्त परिवारजनबाट गरेको दुव्यवहार, गुनासो सहि सहि काम गर्दा पनि राज्यले दिने सेवा सुविधा तथा अस्पतालको सम्झौता बमोजिम सुविधा नपाएको उनिहरुले गुनासो पोखेका छन् ।


    नर्सहरुले व्यक्त गरेको पिडा बारे कसले बुझ्ने नत स्वस्थ्यकर्मीको लागि सरकार छ कहाँ दुखेसो सुनाउन जाने दुखेसो सुनाउदा जागिर धरापमा जान्छ उहाँले भन्नुभयो । कोभिड –१९ को महामारीमा अहोरात्र अग्रपंक्तिमा ज्यानको बाजी लगाएर सेवा दिरहेका नर्सहरुले के कती तलबभत्ता पाएका छन त्यस्को लागि अनुगमन नत सरकारले गरेको छ न त सरोकारवाला निकायले गरेका छन । अस्पताल संचालकहरुले थोरै पैसामा काममा लगाएर सिमित जनशक्तीबाट धेरै बिरामीको सेवागर्न बाध्य पारेका हुन्छन् । त्यसमाथि हाम्रो समाज, बिरामी, बिरामीका आफन्तले पनि सेवामा खटेका ती स्वास्थ्यकर्मीलाई बिरामी मार्न बसेका अपराधी ठानी उनिहरुमाथी अभद्र व्यबहार साथै हातपात गर्दा आफुहरुले कसरी सेवा प्रवाह गर्न सकिन्छ एक जना नर्सले भन्नुभयो । अहिले पनि मनमा डर त्रास हुन्छ निधक्कका साथ काम गर्ने वातावरण छैन कसरी विरामीलाई खुसी साथ सेवा दिने उहाँले भन्नुभयो ।


    स्वास्थ्यकर्मी पीडितलाई कहाँ छ न्याय कसले बोल्दिने ? नियुक्ति पत्र दिए पनि सम्झौता पत्र भने नदिएको एक जना भेरी अस्पतालमा कार्यरत एचए कर्मचारीले भन्नुभयो । तलब बारे आफुलाई जानकारी छैन् उहाँले भन्नुभयो । नियुक्ती पत्रमा तलब उल्लेख छैन उहाँले भन्नुभयो । २१ हजार तलब सुनिएको छु अहिलेसम्म पाएको छैन उहाँले भन्नुभयो । नेपालगन्ज उपमहानगरपालिकाले कोरोनाका विरामीहरुको उपचारका लागि एचए र स्टापनर्स अस्पतालमा खटाईएको छ । केही दिन अगाडी दाङका एक कोरोनाका विरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात गरिएको थियो । अहिले त्यसखाले घटना दोहरिन नदिन २५ जना प्रहरी भेरी अस्पताल नेपालगन्जमा खटाईएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology