(Wednesday 28th of October 2026)
`

भारतमा कोरोना कहरबीच शक्तिशाली तुफान : २० को मृत्यु, २ लाख विस्थापित

  • सगरमाथा गन्तब्य
  • 17.3K
    SHARES

    काठमाडौँ । भारतमा कोरोना महामारीको सङ्कटका बीच अर्को संकट थपिएको छ । त्यहाँका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफान ९चक्रवात० आएका कारण अहिलेसम्म कम्तीमा २० जनाको ज्यान गएको बताइएको छ । साथै २ लाख मानिस विस्थापित भएका छन् । तुपफानी वेगसँगै उठेको समुद्री छालका कारण तटीय क्षेत्रमा बाढी चलेको छ भने हुरीबतासका कारण रूखहरू, बिजुलीका पोलहरू ढालिएको छ । साथै कर्णाटक, महाराष्ट्र, गोवा, केरला लगायत राज्यमा उच्च वर्षा समेत भएर जनजीवन प्रभावित बनेको छ ।

    अरब सागरमा विकसित भएको उक्त तुफानलाई ‘टाउटे’ नाम दिइएको छ । अत्यन्त शक्तिशाली मानिएको सो तुफान पश्चिमी राज्य गुजरातको तटमा झन्डै २०० किलोमिटर प्रतिघण्टासम्मको वेगमा बज्रिएको बताइएको छ । आइतबारदेखि नै तुफानको असर सुरु भएर सोमबार उग्र बनेको बताइएको छ । सोमवार नै अबेर भारतीय मौसम विभागले गुजरातमा उक्त तुफान बज्रिन लागेको चेतावनी दिएको थियो । त्यसपछि उक्त क्षेत्रका मानिसहरुलाइ सुरक्षित क्षेत्रतर्फ सारिएको थियो ।

    तुफानको वेग कतैकतै हावाको १८५ किलोमिटर प्रतिघण्टा पुगेको र त्यसले समुद्रमा १३ फिटसम्म छाल उचालिन सक्ने बताइएको थियो । सो क्षेत्रमा बजारिएको यो सन् १९९८ यताकै सबभन्दा शक्तिशाली तुफान रहेको बताइएको छ । उक्त तुफानको असर गुजरातमा मात्र सीमित छैन, छिमेकी राज्य महाराष्ट्रमा समेत देखिएको छ र त्यहाँ उच्च सतर्कता अपनाइएको छ । यसैबीच महाराष्ट्रको राजधानी मुम्बईको तटपारि व्यापारिक जहाजमा चार सय जनाभन्दा बढी मानिस फसिरहेको बताइएको थियो । तीमध्ये ३८ जनाको उद्धार गरिएको छ ।

    तुफानको असरबाट बचाउन करिब २ लाख मानिसहरुलाई तल्ला तटीय क्षेत्रबाट सुरक्षित स्थानतर्फ सारेर सेल्टरमा राखिएको छ । कोरोना महामारीको चपेटामा रहेका ती राज्यमा यस संकटले संक्रमण समेत झन फैलाउने बताइएको छ । हाल त्यहाँ खोप वितरण कार्यक्रम समेत स्थगित गरिएको छ । न्युज २४ नेपालबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology