(Wednesday 28th of October 2026)
`

बाँकेका ८ वटै स्थानिय तहमा युवा संघका अध्यक्ष किशोर थापाको पहलमा एम्बुलेन्स संचालन 

  • सगरमाथा गन्तब्य
  • 14.9K
    SHARES
    बाँके, युवा संघ नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले कोरोना संक्रमित बिरामिको लागि मंगलबार देखि बाँकेमा निःशुल्क एम्बुलेन्स संचालनमा ल्याएको छ ।  मंगलबार नेपालगञ्जमा युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापाले एम्बुलेन्सको चापी युवा संघ बाँकेका अध्यक्ष कुस्माखर बस्याललाई हस्तान्तरण गर्दै कोरोना संक्रमित बिरामिको लागि एम्बुलेन्स सेवाको सुरुवात गरेका छन् ।

    बाँके कोरोना संक्रमणको दोस्रो लहरमा जुधिरहेको अवस्थामा युवा संघ नेपाल लुम्बिनी प्रदेश र बाँकेले एम्बुलेन्स संचालमा लिएर आएको र एम्बुलेन्स २४ सै घण्टा जिल्लाभरका ८ वटै स्थानिय तहका लागि संचालनमा आउने युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापा बताए ।
    एम्बुलेन्स सेवा संगै बिरामी तथा बिरामिको आफन्तलाई मास्क तथा स्यानिटाइजरको समेत ब्यवस्था गरिने बताउछन् अध्यक्ष थापा बताए । युवा संघ नेपाल बाँके, युवा संघ नेपाल बैजनाथ गाउँकमिटीले कोरोना संक्रमणबाट मृत्युु भएकाहरुको शव ब्यवस्थापन र स्वाब संकलन तथा संक्रमितको उपचारमा सहयोग गर्दै आएको र मंगलबार देखी कोरोना संक्रमितलाई उपचारको लागि अस्पताल सम्म पुराउन एम्बुलेन्सको ब्यवस्थापन गर्दै संचालनमा ल्याएको युवा संघ नेपाल बाँकेका सचिव सुनिल रसाइली बताउछन् ।

    पछिल्लो समय बाँकेमा कोरोना संक्रमणको र मृत्यु हुनेको दर उकालो लागिरहेको छ । कोरोना संक्रमण दर बढ्दै जादा संक्रमितलाई अस्पताल सम्म पुराउने साधनको समेत अभाव हुँदा रिक्सा तथा अटोको भर पर्नु परेको अवस्थालाई मध्यनजर गर्दै युवा संघ नेपाल लुम्बिनी प्रदेश र बाँकेको संयोजन तथा युवा संघ नेपाल नेपालगन्ज नगरकमिटीको ब्यवस्थापनमा एम्बुलेन्स संचालनमा ल्याइएको युवा संघ बाँकेका अध्यक्ष कुस्माखर बस्यालले बताए ।
    कोरोना संक्रमितको लागि संचालनमा ल्याइएको एम्बुलेन्सको लागी बाँकेका ८ वटै स्थानीय तहका युवा संघका निम्न प्रतिनिधिलाई सम्पर्क गर्न सकिने युवा संघ नेपालले जनाएको छ ।

    प्रवीण बि.सी. (नेपालगन्ज उपमहानगरपालिका) ९८५८०२५४८५
    बिकास काउचा (खजुरा गाउँपालिका) ९८५८०३०४०४
    केशव शर्मा (जानकी गाउँपालिका) ९८६६७१३७५०
    प्रेम बिष्ट (बैजनाथ गाउँपालिका) ९८४८२३४८०६
    दिपेन्द्र कुंवर (कोहलपुर नगरपालिका) ९८५८०४१३६५
    गुरु बचन यादव (नरैनापुर गाउँपालिका) ९८६४९५७६०२
    सरोज बिक्रम बिष्ट (राप्तिसोनारी गाउँपालिका) ९८५८०८०२४०
    कैलाश किशोर मिश्र (डुडुवा गाउँपालिका) ९८६४९४५२८३

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology