(Wednesday 28th of October 2026)
`

बाँकेमा १३ घण्टाको अवधिमा ११ जना संक्रमितको मृत्‍यु

  • सगरमाथा गन्तब्य
  • 18.4K
    SHARES
    काठमाडौं । बाँकेका विभिन्न अस्पतालमा उपचाररत ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार ९ बजे रातिदेखि बुधबार बिहान १० बजेसम्म यी संक्रमितको मृत्यु भएको छ।जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ६ जना बाँके, ३ जना बर्दिया र एक-एक जना सल्‍यान र कैलालीका छन् ।
    भेरी अस्पताल नेपालगञ्‍जमा उपचाररत नेपालगन्ज उपमहानगर-१६ का ४९ वर्षीया महिलाको बुधबार बिहान ८: ३० बजे, बाँकेकै नेपालगन्ज उपमहानगर-५का ४४ वर्षीय पुरूषको बुधबार विहान ६: ३० बजे मृत्‍यु भएको छ । यस्तै बाँकेकै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत कोहलपुर नपरपालिका-२ की ३० वर्षीया महिलाको मंगलबार राति ९: ३० बजे, बाँकेकै कोहलपुर-१० की ४५ वर्षीया महिलाको बुधबार बिहान १: ३० बजे, कोहलपुर-११का ४१ वर्षीय पुरूषको बुधबार विहान ४ बजे र कोहलपुर-१४ बाँकेकै ६४ वर्षीया महिलाको बुधबार ५:३० बजे मृत्‍यु भएको छ ।यस्तै भेरीमा अस्पतालमै उपचाररत गुलरिया-९ बर्दियाका ४७ वर्षीया महिलाको बुधबार बिहान ८ बजे, बर्दियाकै मधुबन नगरपालिका-६ का ५५ वर्षीय पुरूषको बुधबार बिहान ८: ३० बजे र बर्दियाकै बढैयाताल गाउँपालिका ६५ वर्षीय पुरूषको बुधबार बिहान १० बजे मृत्यु भएको छ ।

    यस्तै बनगाड कुभिन्डे-६, सल्यानका ५० वर्षीय पुरूषको भेरी अस्पतालमा बुधबार ८: ३० बजे मृत्यु भएको छ भने घोडाघोडी-१ कैलालीका ६० वर्षीय पुरूषको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारका क्रममा बुधबार विहान ४: ४५ बजे मृत्‍यु भएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिए । योसँगै बाँकेमा जिल्ला भित्रका २०२ जना र जिल्ला बाहिरका १५३ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology