(Wednesday 28th of October 2026)
`

कोरोनाले लग्यो तिन दिनमा एकै सन्तानका तीन दाजुभाइको ज्यान

  • सगरमाथा गन्तब्य
  • 26.5K
    SHARES

    नेपालगन्ज २४ बैशाख – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ शुक्रवार सुनसान थियो । अरु दिनजस्तो चहलपहल थिएन । स्थानिय घरभित्रै रहेका थिए । नेपालगन्जको मुटु मानिने नेपालगन्ज ३ यतिवेला भाववेहालमा दुबेको छ । सदाझै चहलपहल रहने ठाउँमा जो कोही निरास देखिन्छन् । वडा नं. ३ शोकमय छ । आफन्त गुमाउनुको पिडा कस्लाई राम्रो लाग्ला र ? भगवान पनि कस्तो निर्दयी एकै सन्तानका तिन दाजुभाई लैजानु कतिको निर्दयी आफै मन भक्कानिन्छ । लगातार तिन दिनमा तिन दाजुभाई एकैघरका गुमाउनु पर्दाको पिडा कसरी सम्हाल्न सकिन्छ र ? त्यस्तै भएको छ नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ का एक घरमा । एकैघरका तीन दाजुभाइको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका –३ निवासी इम्तियाज, एजाज र जहीर अहमद रहेका छन् ।
    जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज ओलीका अनुसार उनीहरुको एकएक दिनको अन्तरालमा मृत्यु भएको हो । जहीरको मृत्यु भएको भोलिपल्ट एजाजको मृत्यु भएको थियो भने शुक्रवार विहान इम्तियाजको मृत्यु भएको स्रोत व्यक्ति ओलीले बताउनुभयो । सात दाजुभाई मध्ये जहीर कान्छा , एजाज राइलो र इम्तियाज काइलो हुन् ।
    उनीहरु सबैको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । नेपालगञ्जको विपिचोक नजिकै व्यापार गर्दै आएका जहिरको बुधबार, एजाजको बिहीवार र इम्तियाजको शुक्रवार मृत्यु भएको हो । एउटै परिवारको तीन दाजुभाईको मृत्युपछि परिवारमा बज्रपात परेको स्थानीय रसिद कुरेशीले बताउनुभयो । कान्छो भाई जाहिर इन्टरनेशनल क्रिकेट अन्डर १९ का खेलाडी थिए ।
    बिहीवार रातीमात्रै बाँकेका अस्पतालमा भर्ना भएका थप १० कोरोना सङ्क्रमित बिरामीको उपचारकाक्रममा मृत्यु भएको थियो । हालसम्म बाँकेमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १७० जना पुगेको छ भने उपचारका लागि बाहिरी जिल्लाबाट बाँके आएका १३० जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology