(Wednesday 28th of October 2026)
`

जमुनाह नाकामा सशस्त्र प्रहरी नायब महानिरिक्षक किशोर प्रधानद्धारा हेल्प डेस्कको अनुगमन

  • जमुनाह नाकामा रहेको हेल्प डेस्कको अनुगमन
  • सगरमाथा गन्तब्य
  • 12.1K
    SHARES

    नेपालगन्ज २२ बैशाख – बाँकेको नेपालगन्ज जमुनाहमा रहेको हेल्थ डेक्सको अनुगमन गरिएको छ । कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेको नेपालगन्जमा स्वास्थ्य मापदण्डको पालना गर्न तथा निगरानीलाई कडाई गर्न उच्च अधिकारीको टोली नेपालगन्जको जमुनाहा नामा पुगेको हो । जमुनाह नाकाबाट रोजगारको शिलशिलामा भारत पुगेकाहरु नेपाली नागरिक धमाधम घर फर्किरहेका छन् । भारतमा भाइरस संक्रमणको सुनामी आएपछि त्यहाँबाट स्वदेश फर्कने नेपालीको संख्या हवात्तै बढेको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्शेर राणाको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति डिआइजी किशोर प्रधानले नाकालाई थप व्यवस्थित बनाउन सुझाव दिनुभयो ।

    भाइरस संक्रमणको जोखिम नियन्त्रण गर्न सबैको भूमिका महत्वपूर्ण हुने भएकाले नाकाबाट आउने नागरिकहरुको परीक्षण गरेरमात्र नेपाल प्रवेश गर्न दिने र १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नेगरी व्यवस्था मिलाउन स्थानीय सरकारसँग आग्रह गर्नुभयो । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भारतबाट फर्किने नागरिकहरुलाई नाकाबाटै सम्बन्धित जिल्लामा पठाउने काम भइरहेको बताउनुभयो ।
    बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५ जमुहाह नाकाको हेल्प डेस्कमा चाहिने जनशक्ति र स्वास्थ्य मापदण्ड भए नभएको बारे अनुगमन गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर रणा, सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्याबासिनी बाहिनी मुख्यालय रपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरिक्षक किशोर प्रधान, नेपाल युनिसेफ प्रमुख लिला खनाल, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, मजकुर नं. ३० गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक अशोक कुमार बम, नं. ४२ रिजर्व गण हेक्वा शम्सेरगन्जका गणपति सशस्त्र प्रहरी उपरिक्षण्क प्रकाश सुवेदी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर राना, राष्ट्रिय अनुसन्धान विभागका उप निर्देशक नरेन्द्र राज गिरी लगायत विभिन्न सरकारी कार्यालयका प्रमुख, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा मिडियाकर्मी लगायत ७० बढिको सहभागिता रहेको थियो ।
    नेपाल भारत सिमानाका जमुनाहा नाकाबाट नगरिकहरुको आवगमन व्यवस्थापन प्रक्रियाको अवलोकन, निरिक्षण तथा स्वास्थ्यसंग सम्बन्धित मास्क, सेनिटाईजर, ग्लोव्स, शुद्ध पिउने पानी वितरण कार्यक्रम गरिएको थियो । यस्तै आईडि नं. ३२७३ का सशस्त्र प्रहरी निरिक्षक जिवनलाल बुढाको कमाण्डमा ११ जनाको टोली खटिई आवश्यक सुरक्षा प्रदान गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology