भगतराम थारु, नेपालगन्ज २१ बैशाख – बाँकेको नेपाल भारत सिमा नाका जमुनाहा भन्सार नाका थप्प छ । भारतमा अत्यावश्यक काम बाहेक आवतजावतमा रोक लगाईएको छ । लामो समयदेखि बन्द रहेको रुपैडिहा बजार नाका र नेपालगन्ज जमुनाहा भन्सार नाका बन्द भएपछि तस्कर र दलाल अर्को बिकल्प खोजेका छन् । जमुनाहा भन्सारदेखि एक सय मिटर उत्तर पुर्व दशगजा नाका खुल्ला छ । हरेक सय सय मिटरमा सशस्त्र प्रहरी छन् तर पनि भारतको रुपैडिहा बजार र नेपालगन्ज जमुनाहा दशगजा नाका भने खुलेआम आवतजावत गर्न सहजै सकिन्छ । दैनिक हजारौंको संख्यामा नेपाल भित्रिने र बाहिरिने गरिन्छ तर कडाईको नाम निसान छैन । मुख्य नाकाबाट बिकल्प नभएपछि अन्य विकल्प तस्कर र दलालले पनि रोजेका छन् । सोही उपायको फाइदा सशस्त्र प्रहरीलाई पनि भएको छ ।

हजारौंको संख्या दैनिक नेपाल भित्रिने खुल्ला नाकाबाट नेपाल भित्रिन तस्करसंग भने केही रकम लिदै छोडिने गरेको तस्करहरु बताउछन् । केही पैसा हातमा दियो भने मजाले नेपाल आउन र भारत जान सकिने उनिहरुको भनाई छ । ठेग्नै नसकिने तरिकाले नेपाल आवतजावत गर्न थालेपछि सशस्त्र प्रहरीलाई हम्मे हम्मे हुन्छ । दुई जना सशस्त्र प्रहरी ड्युटिमा हुन्छन १५÷२० जना संगै आउने हुललाई दुई जनाले सोधपुछ गर्दै छिर्ने गर्दछन् । जमुनाहा नाकाको पुर्व उत्तरतिर लकडाउनसंगै तस्करी झन झन बढेको देखिन्छ । सिमा क्षेत्रमा विशेषगरि सशस्त्र प्रहरीको निगरानी रहेको हुन्छ तर उनिहरु कै मिलेमतोमा लाखौको बस्तुको तस्करी हुन्छ ।

कोरोना माहामरीसंगै लकडाउनको अबस्थामा विभिन्न खालका कपडा, सुर्ती, खाद्यान्न सामानहरु भारतबाट तस्करी हुने क्रम झन बढेको देखिन्छ । मुख्य नाकाबाट मोटरसाइकल आवतजावतमा पनि रोक लगाईएको छ तर सहायक बाटो हुदै गयो भने सशस्त्र प्रहरी कै अगाडीबाट गुडाउदै भारतीय नंंम्बार प्लेटको गाडी भारत लैजान सकिन्छ एक जना स्थानियले भने । जमुनाहा नाकामा लकडाउनको फाइदा उठाउदै सहायक बाटोमा सशस्त्र प्रहरीको डिउटी रहँदा समेत उक्त क्षेत्रमा कडाई हुन सकेको छैन ।
निगरानी गर्दा बिशेश गरि कपडा र खाद्यान्नको तस्करी भएको भेटिएको छ । भने लकडाउन भनियता पनि दैनिक हजारौं मानिसहरु आउने जाने गर्दा प्रहरीले आँखामा कालो पट्टि बाधेर बसे झै मौन रुपमा बसेको देखिन्छ । सहायक बाटोमा हुँदै दैनिक लाखौंको सामान तस्करी भइरहँदा ईलाका प्रहरी कार्यालय जमुनाहा र सशस्त्र प्रहरी रमिते हेरेर बसेका हुन्छन् । यसरी खुलेआम तस्करी हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरी मुखदर्शक बनेको देखिन्छ ।

मानिसको ओहोरो दोहोरोसंगै तस्कर गर्ने गिरोह सक्रिय रहेको देखिन्छ । बाँकेमा नामको मात्र लकडाउन छ । सानालाई ऐन र ठुलालाई चैन भने जस्तै भएको छ बाँकेको लकडाउन । लकडाउन निकै खुकुलो र फितलो रहेको देखिन्छ । भारतको रुपैडिहा बजार नेपाली नागरिकले धानेका हुन्छन् । नेपाली नागरिक रुपैडिहा गएनन भने त्यहाको व्यपार सुक्ने गर्छ । दैनिक भारतबाट हजारौंको सामान ल्याएर नेपालमा बेच्ने गिरोह नि सक्रिय रहेका छन् ।
