(Wednesday 28th of October 2026)
`

विवशले आज चाँद से झरल अप्सरा भित्राउँदै

  • सगरमाथा गन्तब्य
  • 28.4K
    SHARES

    नेपालगन्ज १५ बैशाख – थारु जगतको नं. १ चर्चित मोडल विवश जिएचले चाँदबाट झरेको अप्सरा भित्राउने भएका छन् । बुधवार साँझा ५ बजे उहाँले कोहलपुरबाट अप्सरा भित्राउने कार्यक्रम सार्वजनिक गर्नुभएको छ । चर्चित मोडल विवशले आफ्नो आधिकारिक फेसबुक लाइभबाट चाँद से झरल अप्सरा भित्राउने सार्वजनिक गर्नुभएको हो । फेसबुक लाइभमा उहाँको फ्यानले बधाईको ओइरो नै दिए चाँदबाट झरेको अप्सरा भित्राउने खबरले सबै खुसी थिए । विवशको हाँसोको र खुशीको सिमा नै थिएन ।
    विवशको अप्सरा कस्तो हुनुहुन्छ भनेर कतिले जिस्काउन सम्म भ्याए विवशलाई । अप्सरालाई हेर्न आतुर भएका विवशका फ्यानहरु कोहलपुर सम्म नै पुग्ने जानकारी गराए । तर विवशले भने कोहलपुर सम्म आउन पर्दैन आफ्नै घरबाट हेर्न सकिने जानकारी गराएपछि उहाँका फ्यानहरु चकित परे र सोध्न थाले किन र कसरी ? यो सब मैथली भाषामा रहेको चाँद से झरल अप्सरा चि बोलको गित सार्वजनिक गर्दै छौं त्यसैलाई हेर्न आउनुहोला भनेपछि सबै फ्यानहरु हाँसेर मख्ख परे ।
    बुधवार (आज) साँझा ५ बजे कोहलपुर स्थित रहेको वाइएस मिडिया प्रालिद्धारा संचालित युट्युव च्यानलबाट उक्त मैथली भाषामा रहेको बोलको गित सार्वजनिक गर्न लागेको उहाँले जानकारी गराउनुभयो । जसमा छायाङकन÷क्यामरामा यम बहादुर चौधरीले साथ दिनुभएको छ भने कलाकारमा चर्चित मोडल विवश जिएच र चर्चित मोडेल झरना चौधरीको रहेको छ ।
    डाइरेक्सन विवश स्वयमले गर्नुभएको छ भने यो गित लभस्टोरीमा रहेको छ । जसमा चर्चित गायक सुनिल चौधरी र चर्चित गायीका गिता चौधरीको स्वर रहेको छ । गितको मेकअपमा मेकअप झरना चौधरीले गर्नुभएको छ भने गित मै द्वन्द्व समेत रहेको कलाकार तथा डाइरेक्टर विवश जिएचले जानकारी गराउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology