भगतराम थारु – नेपालगन्ज १४ बैशाख : नेपाल भारत सिमानाका नेपालगन्ज जमुनाहा हुँदै नेपाल भित्रिने ५५ जनामा कोरोना पोजेटिभ देखिएको छ । भारतमा पनि कोरोना कहर दिनानुदिन बढेसंगै नेपालमा पनि उस्तै गतिमा कोरोना देखिन थालेपछि भारतबाट नेपाल भित्रिने नेपाली नागरिकसंगै कोरोना ल्याएर आउने गरेको पाइन्छ । पहिलो चरणको लकडाउन सेलाउन नपाउदै दोश्रो चरणको कोरोना झनै तिब्र रुपमा बढेपछि नेपाली नागरिक पुन नेपाल फर्किन लागेका हुन् । पहिलो चरणको कोरोना भाइरस सेलाएसंगै भारतीय बजारमा काम गर्न जाने नेपाली नागरिक दोश्रो चरणको कोरोनादेखिए पछि नेपाल फर्किने नेपाली नागरिकमा कोरोना पोजेटिभ देखिन थालेको हो । बैशाख १ गते ३६३ जना नेपाली नागरिक भारतबाट नेपाल भित्रिएका थिए ।
यस्तै २ गते १८७ जना, ३ गते ९७६ जना नेपाल भित्रिएका थिए जसमा १ जना कोरोना पोजेटिभ देखिएको थियो । यस्तै ४ गते २ हजार ३ सय ६२ जना भित्रिएका थिए जसमा १० जनामा कोरोना पोजेटिभ देखिएको थियो । ५ गते २ हजार ७ सय ७७ जना भित्रिएका थिए जसमा १ जनामा कोरोना देखिएको थियो । यस्तै ६ गते ४ हजार ४३ जना, ७ गते ६ हजार ७ सय ५४ जना, ८ गते ५ हजार ३ सय ७८ जना, ९ गते ३ हजार १ सय ६८ जना जसमध्ये ८ जनामा कोरोना देखिएको थियो ।
१० गते २ हजार ४ जना भित्रिएका थिए जसमध्ये १० जनामा कोरोना देखियो, ११ गते २ हजार १ सय २६ जना भित्रिएकोमा १४ जनामा कोरोना देखियो, १२ गते १ हजार ६ सय १८ जना मध्ये २ जनामा केरोना देखियो, १३ गते २ हजार ४० जना भित्रिए जसमध्ये २ जनामा कोरोना देखियो यस्तै १४ गते १ हजार ९ सय १ जना नेपाल भित्रिए जसमध्ये ७ जनामा कोरोना पोजेटिभ देखिएको इप्रका जमुनाहा कार्यालयले जनाएको छ । १४ दिनमा ३५ हजार ४ सय ९७ जना नेपाली नागरिक भारतबाट नेपाल भित्रिएको इप्रका जमुनाहा कार्यालयका इन्चार्ज विष्णु गिरीले जानकारी गराउनुभयो । मंगलवार १ सय ९७ जना नेपालबाट बाहिरिएका छन् ।

यस्तै बाँकेमा मंगलबार ५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो ४८ घण्टाको रिपोर्ट अनुसार बाँकेका बिभिन्न ल्यावमा ७५८ जनाको पिसिआर परिक्षण गरीएकोमा ५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये ४१४ जना बाँके जिल्लाभित्रका नागरिक रहेको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो ।
ओलीका अनुसार भेरी अस्पतालको ल्यावमा गरीएको परिक्षणमा जिल्लाभित्रका २९९ र जिल्ला बाहिरका ८४, मेडिकल कलेज कोहलपुरको ल्यावमा गरिएको परिक्षणमा जिल्लाभित्रका ४४ र जिल्ला बाहिरका १२, वागेश्वरी डाईग्नोष्टिक सेन्टरको ल्यावमा गरिएको परिक्षणमा जिल्लाभित्रका ६७ र जिल्ला बाहिरका १२ तथा जमुनाह नाकामा रहेको हेल्थ डेस्कमा एन्टिजिन विधि मार्फत ५३ जनाको कोरोना जाँच गर्दा जिल्लाभित्रका ४ र जिल्लाबाहिरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको ओलीले जानकारी दिनुभयो ।
बाँकेमा मंगलबार बेलुकासम्म ५५ हजार ७०२ जनाको कोरोना परिक्षण गरीएकोमा ८ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको र त्यसमध्ये ५ हजार २३४ जना कोरोनामुक्त हुँदै डिस्चार्ज भईसकेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेद्धारा जारी विवरणमा उल्लेख गरीएको छ ।

