नेपालगन्ज – स्नातक तहको नियमित संचालन भैरहेका परिक्षा उच्च सतर्कता अपनाएर लकडाउनको समयमा पनि संचालन गर्न नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाँकेले माग राखेको छ ।
अनेरास्ववियु बाँकेका अध्यक्ष टेकेन्द्र मल्लल विद्यार्थिहरुको माग सहित ध्यानाकर्षण पत्र बुधबार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई बुझाएका छन् ।
ध्यानाकर्षण पत्रमा विद्यार्थीहरुलाई कुनै पनि समस्या पर्न नदिन स्वास्थ्य मापदण्ड र उच्च सतर्कताको उचित ब्यवस्था गरि परिक्षा संचालन गर्न अनुरोध गरिएको छ । यस्तो संवेदनसील अवस्थामा विद्यार्थीलाई उचित ब्यवस्था नगरिए ठूलो समस्या आउने कुरा सो ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
‘विद्यार्थीलाई उचित ब्यवस्थापन गरि परिक्षा संचालन गर्न र सुरक्षाका मापदण्डहरु पुर्णरुपमा पालना गरे नगरेको आवश्यक अनुगमन गर्न संगठन जोडदार माग गर्दछ ।’– ध्यानाकर्षण पत्रमा भनिएको छ ।
