(Wednesday 28th of October 2026)
`

‘मुटु जल्ने रहेछ’ सार्वजनिक

  • सगरमाथा गन्तब्य
  • 18.8K
    SHARES

    नेपालगन्ज ०७ बैशाख – गायक सूरज कलाखेतीको नयाँ सांगीतिक कोसेली ‘मुटु जल्ने रहेछ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मुटु जल्ने रहेछ’ म्युजिक भिडियो बोलको गीतमा शब्द रचना सहित सिंह ठकुरीको छ भने संगीत गायक स्वयंले नै गरेका छन् ।
    विश्व अधिकारीको संयोजनमा मिक्सिंग र मास्टरिङ् बिप्लव अधिकारीले गरेका छन् । लाइक माइण्ड नेपालमा रेकर्ड गरिएको गीतको शिलान लम्सालले सम्पादन गरे हुन् ।
    केशब राज भट्टले कोरियोग्राफी गरेको गीतमा मुकेश हुमागाइ र टीमको छायांकन रहेको छ । भिडियो निर्देशन गीतका रचनाकार स्वयंले गरेका छन् । साथै सहित सिंह ठकुरी नै मुख्य भूमिकामा अभिनयमा गरेका छन् । भिडियो मोडल ठकुरीको आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। कलाखेतीले नयाँ वर्षको उपहार स्वरूप आफ्नै युटुब च्यानल (सूरज कलाखेती अफिसियल) मार्फत लिरिकल भिडियोसहित गीत सार्वजनिक गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology