(Wednesday 28th of October 2026)
`

बाँकेमा थप १७९ जनामा कोरोना पुष्टि

  • सगरमाथा गन्तब्य
  • 11.7K
    SHARES

    नेपालगन्ज ०७ बैशाख- बाँकेमा थप १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलवार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोमवार भेरी अस्पतालको प्रयोगशालामा १९३ वटा नमूना परीक्षण गर्दा मंगलवार १७९ वटा नमूनामा कोरोना संक्रमण पुष्टि भएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी गराउनुभयो । सोमबार बाँकेको विभिन्न स्थानमा नमुना परिक्षण गर्दा ३ सय २२ जनामा कोरोना पोजेटिभ देखिएको थियो । यससँगै बाँकेमा कोरोनाले मृत्यु हुनेको संख्या ६३ पुगेको छ । बाँकेमा कोरोना कहर बढेपनि स्थानिय प्रशासन भने मौन रहेको देखिन्छ । दैनिक रुपमा बढ्दै गएको कोरोना संक्रमणलाई वास्तै नगरी निर्वाध रुपमा बजार तथा यातायात संचालनमा रहेका छन् । भिडभाड उत्तिकै छ तरपनि स्थानिय प्रशासन त्यसतर्फ ध्यान दिन सकेको छैन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology